पौडी खेल्ने क्रममा बेपत्ता भएका तामाङको शव भेटियो

पौडी खेल्ने क्रममा बेपत्ता भएका तामाङको शव भेटियो

उदयपुर । पौडी खेल्ने क्रममा बेपत्ता भएका उदयपुरको कटारी नगरपालिका–४ का रबिन तामाङको शव फेला परेको छ । २७ बर्षीय तामाङ गत माघ १५ गते सिन्धुली फिक्कल गाउँपालिका–४ खांसाङस्थित सुनकोशी नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । खोजतलास गर्ने क्रममा कटारी नगरपालिका–१४ स्थित सुनकोशी नदी किनारमा सोमबार दिउँसो उनको शव फेला परेको हो । बगाएको स्थान भन्दा करिब १६ किलोमिटर दक्षिणमा शव फेला परेको हो । इला...
सुनसरीको बर्जु गाउँपालिकाको प्रशासनीक भवन उद्घाटन

सुनसरीको बर्जु गाउँपालिकाको प्रशासनीक भवन उद्घाटन

विराटनगर । सुनसरीको बर्जु गाउँपालिकाको नवनिर्मित प्रशासनीक भवन उद्घाटन गरिएको छ । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सोमबार एक कार्यक्रमकाबीच रिवन काटेर भवन उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले सबै मिलेर विकासका काम गर्नुपर्ने धारणा राखे । ‘एक फुट जग्गा कट्यो भने ढुङ्गा लिएर उत्रने, अनि विकास भएन भनेर मोबाइलमा नेतालाई गाली गर्ने प्रवृत्ति...
शिक्षकलाई कर्मचारी सरह सेवासुविधा उपलब्ध हुन्छ : शिक्षामन्त्री पौडेल

शिक्षकलाई कर्मचारी सरह सेवासुविधा उपलब्ध हुन्छ : शिक्षामन्त्री पौडेल

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवासुविधाको प्रबन्ध गरिने बताएका छन्। ताराखोला गाउँपालिकाले आयोजना गरेको शैक्षिक अन्तर्क्रियामा उनले सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने उल्लेख गरे। ‘यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको छ, आउँदो बजेट, कार्यक्रमपछि कार्यान्वयनमा आउँछ’, मन्त्री पौडेलले भने, ‘अर्थ मन्त्रालय र अरू निकायसँग पनि...
गृह प्रशासन सुधार कार्ययोजनाः स्थानीय तहबाटै नागरिकता

गृह प्रशासन सुधार कार्ययोजनाः स्थानीय तहबाटै नागरिकता

काठमाडौं । सरकारले आमसर्वसाधारणलाई स्थानीय तहबाटै नागरिकता प्रदान गर्नेगरी तयारी अघि बढाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले कार्यभार समालेको ६ महिनापछि गृह सोमबार गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गरिएको हो । कार्ययोजनामा जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिँदै आएकोे नागरिकता स्थानीय तहबाटै प्रदान गर्ने गरी योजना बनाइएको छ । त्यसका लागि निश्चित मापदण्ड पूरा गर्नुपर्नेगरी मन्त्रालयले य...
२०७८ माघ २५ गते मंगलवारको राशिफल

२०७८ माघ २५ गते मंगलवारको राशिफल

ई.सं. २०२२ फेब्रुवरी ८ नेपाल सम्बत ११४१ पोहेलागा माघ शुक्ल सप्तमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ शुक्ल सप्तमी तिथी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, शुक्ल योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ६ः४६ बजे, सूर्यास्त साँझ ५ः४९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुँण खाएर जुनसकै दिशाको यात्रा गर...
रामेछापमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, पहिलो दिन नौं सय विरामीको उपचार

रामेछापमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, पहिलो दिन नौं सय विरामीको उपचार

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–९ पिङ्खुरीमा सोमबार निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र खाँडादेवी गाउँपालिका ९ नं. वडा कार्यालयको सहकार्यमा मानेडाँडा माध्यमिक विद्यालयमा दुई दिने शिविर आयोजना गरिएको हो । शिविरको पहिलो दिन ९५३ जना विरामीको निःशुल्क उपचार गरिएको छ । शिविरमा १९७ जनाको भिडियो एक्सरे, १८९ जनाको रक्त परीक्षण र ११३ जनाको इसीज...
स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुँने

स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुँने

काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले स्थानीय तहको निर्वाचनको मिति तोकेको हो । अहिले रहेका स्थानीय तहका जनप्रतिनिधिहरुको पाँच बर्षे कार्यकाल २०७९ जेठ ५ गते सकिदैछ । गठबन्धनका केही नेताहरुले स्थानीय तहको निर्वाचन पछि धकेल्नुपर्ने तर्क गरेपछि त्यसको विरोध हुँदै आएको थियो । संविधानले नै स्थानीय तह जनप्रतिनिधिविहीन हुने कल्पना नगरेकाले समय...
ताप्लेजुङमा करेन्ट लागेर एक जनाको मृत्यु

ताप्लेजुङमा करेन्ट लागेर एक जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–५ मा बिद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा फुङलिङ–४ का ४८ बर्षीय सूर्य प्रकाश लिम्बु छन् । बिहान करिव साढे ११ बजे बिद्युतको पोलमा चढेर तार जोड्ने क्रममा करेन्ट लाग्दा लिम्बु घाइते भएका थिए । जिल्ला अस्पताल ताप्लेजुङमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
बेलबारीबाट कार चोर्ने तीन जना पक्राउ, लागुऔषध पनि बरामद

बेलबारीबाट कार चोर्ने तीन जना पक्राउ, लागुऔषध पनि बरामद

मोरङ । मोरङको बेलवारीमा कार चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्न बेलबारी नगरपालिका–३ का ३६ बर्षीय सुरज गुरुङ, केरावारी–१० का २५ बर्षीय तेज कुमार मगर र केराबारी–७ का २६ बर्षीय नगेन्द्र लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । बेलबारी नगरपालिका–१ सिनेमा हल अगाडिबाट आइतवार बिहान कार हराएको थियो । बिहान ८ बजे बेलबारी–३ का ४३ बर्षीय रिक्तमान गुरुङले पार्किङ गरेर राखेको प्रदेश ३–...
संखुवासभामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

संखुवासभामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिका­९ मा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । खाँदवारीबाट सभाखोलातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ४३० नम्बरको ट्रक बिहान साढे ६ बजे दुर्घटना भएको हो । दुर्घटनामा ट्रकका चालक गोरखाका २४ बर्षीय मिलन मग्रान्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक पल्टिँदा चालक मग्रान्ति गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि तुम्लिङटारस्थित मनकामना हस...
२०७८ माघ २४ गते सोमवारको राशिफल

२०७८ माघ २४ गते सोमवारको राशिफल

ई.सं. २०२२ फेबु्रवरी ७ नेपाल सम्बत ११४१ पोहेलागा माघ शुक्ल षष्ठी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ शुक्ल षष्ठी तिथी, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, शुभ योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः४६ बजे, सूर्यास्त साँझ ५ः४९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि ...
धनकुटामा शुभकामना आदानप्रदान गरेर मनाइयो प्रेस चौतारीको स्थापना दिवस

धनकुटामा शुभकामना आदानप्रदान गरेर मनाइयो प्रेस चौतारीको स्थापना दिवस

धनकुटा । प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा शनिवार धनकुटामा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको छ । प्रेस चौतारी धनकुटाले संगठनको स्थापना दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरेको हो । प्रेस चौतारी धनकुटाका अध्यक्ष रविन कटेलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारहरुबीच शुभकामना आदान प्रदान गरियो । कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय सदस्य एवं धनकुटा इञ्चार्ज नैन विश्वकर्माले पत्...
२०७८ माघ २३ गते आइतवारको राशिफल

२०७८ माघ २३ गते आइतवारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल माघ २३ गते आइतवार ई.सं.२०२२ फेबु्रवरी ६ नेपाल सम्बत ११४१ पोहेलागा माघ शुक्ल पञ्चमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ शुक्ल पञ्चमी तिथी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, साध्य योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ६ः४७ बजे, सूर्यास्त साँझ ५ः४८ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाए...
यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिन माग

यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिन माग

काठमाडौं । यातायात मजदुरहरुले सार्वजनिक यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिनुपर्ने माग गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल यातायात मजदुर सङ्घ, नेकपा (एमाले) निकट नेपाल यातायात मजदुर सङ्गठन, नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल यातायात मजदुर सङ्घले शुक्रबार राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिका सभापति पशुराम मेघी गुरुङलाई भेटेर सार्वजनिक यातायातको भाडा समायोजन अधिकार सङ्घीय ...
तराईमा हावाहुरीका कारण मृत्यु भएकाहरुको परिवारलाई राहत दिन गृहमन्त्रीको निर्देशन

तराईमा हावाहुरीका कारण मृत्यु भएकाहरुको परिवारलाई राहत दिन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तराईमा हावाहुरीका कारण मृत्यु भएका तीन जनाका परिवार र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातका कारण प्रभावित नागरिकको उचित व्यवस्थापन एबम् राहत उपलब्ध गराउन निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा तराईका दुई, हिमाली क्षेत्रका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी र एक सहायक ...
विद्युतीय कारोबारमा ठगी, सचेत रहन राष्ट्र बैंकको आग्रह

विद्युतीय कारोबारमा ठगी, सचेत रहन राष्ट्र बैंकको आग्रह

काठमाडौं । पछिल्लो समय आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्दो छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको आधुनिक उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण यस्ता कारोबारमा उल्लेख्य वृद्धी भएको देखिन्छ । केन्द्रीय बैंकको सार्वजनिक पछिल्लो तथ्याङ्कानुसार चालु आर्थिक वर्षको गत मङ्सिर महिनामा मात्रै रु ४८ खर्ब ४५ अर्ब भन्दा धेरै रकम विद्युतीय माध...
२०७८ माघ २२ गते शनिवारको राशिफल

२०७८ माघ २२ गते शनिवारको राशिफल

ई.सं. २०२२ फेबु्रवरी ५ नेपाल सम्बत ११४१ पोहेलागा माघ शुक्ल चतुर्थी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ शुक्ल चतुर्थी तिथी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, सिद्ध योग, बव करण । नेपालमा सूर्योदय बिहान ६ः४८ बजे, सूर्यास्त साँझ ५ः४७ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ...
धनकुटामा भेटियो वेवारिसे शव

धनकुटामा भेटियो वेवारिसे शव

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवास्थित अरुण नदीको किनारमा आज एक पुरुषको वेवारिसे शव फेला परेको छ । अपरान्ह करिब ४ बजे नदीको पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको हो । गोरो वर्ण, पातलो शरीर, छोटो कपाल, रातो रंगको हाफ भेष्ट र कालो रंगको हाफ पेन्ट लगाएको मंगोलीयन अनुहार भएको करिब ५.५ ईन्च उचाईको अन्दाजी ४०/४५ वर्षको पुरुषको शव फेला परेको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कील...
मोफसलमै पहिलो पटक नोबेलमा दुरविनबाट गरियो ढाडको नसा च्यापिएको समस्याको सफल शल्यक्रिया

मोफसलमै पहिलो पटक नोबेलमा दुरविनबाट गरियो ढाडको नसा च्यापिएको समस्याको सफल शल्यक्रिया

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको ढाडको नसा च्यापिएको समस्याको शल्यक्रिया दुरविनको माध्यमबाट सफलतापूर्वक गरिएको छ । ढाडको नसा च्यापिएर अस्पताल आएका झापाको विर्तामोड नगरपालिका–४ का ४८ बर्षीय पेलेङ सिंह धिमालको दुरविनको माध्यमबाट सफलतापूर्वक शल्यक्रिया गरिएको हो । नोबेल अस्पतालको न्यूरो विभागका प्रमुख एवं बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टोलील...
वीपी प्रतिष्ठानमा उदयपुरका २८ बर्षीय कोराना संक्रमितको मृत्यु

वीपी प्रतिष्ठानमा उदयपुरका २८ बर्षीय कोराना संक्रमितको मृत्यु

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानमा उपचाररत उदयपुरको गाईघाटका २८ बर्षीय पुरुषको मृत्यु भएको हो । माघ १४ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई सोही दिन प्रतिष्ठानको कोभिड हस्पिटलमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बिहिबार राती उनको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता चुरामणी पोखरेलले जानकारी दिए । मृतकले कोरोना भ...
धरानबाट लागुऔषधसहित चार जना पक्राउ

धरानबाट लागुऔषधसहित चार जना पक्राउ

सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका–१४ बाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–१४ का ३४ बर्षीय रमेश परियार, धरान–१० का ४० बर्षीय राजन शाक्य, हरिनगरा गाउँपालिका–६ का २० बर्षीय खुर्सित अन्सारी र २३ बर्षीय अक्ताक अन्सारी छन् । ईलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १२१ मिलिग्राम ब्राउनसुगर, ४ बोतल डाईलक्स डिसि ...
अजम्बरीले जित्यो सहिदकपको उपाधि

अजम्बरीले जित्यो सहिदकपको उपाधि

धनकुटा । साँगुरीगढीको फेदीस्थित अजम्बरी युवा क्लबले सहिदभूमि गाँउपालिका–१ सफाईटार लामेचौरमा सञ्चालित नवौं छिन्ताङ सहिदकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनल खेलमा नाम्जे युवा क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै अजम्बरी युवा क्लवले उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै अजम्बरी युवा क्लबले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उप–विजेता नाम्जे युवा क्लबले ५० हजारमा चित्त बुझा...
२०७८ माघ २१ गते शुक्रवारको राशिफल

२०७८ माघ २१ गते शुक्रवारको राशिफल

ई.सं. २०२२ फेबु्रवरी ४ नेपाल सम्बत ११४१ पोहेलागा माघ शुक्ल तृतीया राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ शुक्ल तृतीया तिथी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, शिव योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ६ः४८ बजे, सूर्यास्त साँझ ५ः४६ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शु...
चार महिनासम्म आएन शव, पहल गरिदिन अपिल

चार महिनासम्म आएन शव, पहल गरिदिन अपिल

धनकुटा । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरव पुगेका छथरजोरपाटी गाउँपालिका–५ परेवादिनका रामकुमार लिम्बूकोे गत असोजमा मृत्यु भयो । मृत्यु भएको चार महिना वितिसक्दासम्म पनि अझै उनको शव नेपाल आइपुगेको छैन । महिनौंसम्म पनि शव नआइपुगेपछि शव नेपाल ल्याउँन पहल गरिदिन रामकुमारको परिवारका सदस्यले अपिल गरेका छन् । मृतक रामकुमारकी श्रीमति विष्णुमायाले श्रीमानको शव नेपाल ल्याउन पहल गरिदिन आग्रह गरिन् । ‘उह...
धनकुटाको भीरगाउँमा घर जलेर नष्ट

धनकुटाको भीरगाउँमा घर जलेर नष्ट

धनकुटा । धनकुटा नगरपालिका–२ भीरगाउँमा आज विहान आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीय नविन राईको घर जलेर नष्ट भएको हो । गाईबस्तुलाई खोले पकाउँने चुलोबाट बिहान करिब साढे १० बजे घरमा आगो सल्किएको हो । स्थानीयबासीले पानी छ्यापेर करिब एक घण्टापछि आगो निभाएका छन् । आगलागीमा परी घरसहित लत्ताकपडा, भाडा लगायत सम्पूर्ण सामान जलेर नष्ट भएको घरधनी राईले जानकारी दिए । घरमा रहेका मौरीको ...
नहरमा डुबेर ३ बर्षीय बालकको मृत्यु

नहरमा डुबेर ३ बर्षीय बालकको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नहरमा डुबेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा दोलखा घर भई त्रियुगा–७ बस्दै आएका मधुसुधन अधिकारीका ३ बर्षीय छोरा लेखनाथ छन् । दिउँसो करिव १ बजे त्रियुगा खोलाको नहरमा खेल्ने क्रममा डुब्दा बालक अचेत भएका थिए । अचेत अवस्थामा उनकी आमाले फेला पारेपछि उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ...
झापाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

झापाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिका–४ ओमशान्ति टोलबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओमशान्ति टोलमा डेरा गरी बस्ने २१ बर्षीया हसिना मण्डल र बिर्तामोड–५ का १८ बर्षीय अर्वाज खान छन् । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले ३ ग्राम ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको...
सहिदकप फुटबलको उपाधिका लागि अजम्वरी र नाम्जे भिड्दै

सहिदकप फुटबलको उपाधिका लागि अजम्वरी र नाम्जे भिड्दै

धनकुटा । नवौं छिन्ताङ सहिदकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज अजम्वरी युवा क्लब र नाम्जे युवा क्लब भिड्ने भएका छन् । सहिदभूमि गाउँपालिका–१ सफाइटारमा जारी प्रतियोगिताको दिउँसो हुँने फाइनल खेलमा अजम्वरी र नाम्जे युवा क्लव आम्नेसाम्ने हुन लागेका हुन् । माहाङ युवा क्लब सहिदभूमि–७ लाई सेमिफाइनलमा १–० गोल अन्तरले पराजित गर्दै फेदीस्थित अजम्वरी युवा क्लब फाइनल पुगेको हो । यता, दोस्रो सेमिफाइनल खेलम...
२०७८ माघ २० गते बिहीवारको राशिफल

२०७८ माघ २० गते बिहीवारको राशिफल

ई.सं. २०२२ फेबु्रवरी ३ नेपाल सम्बत ११४१ पोहेलागा माघ शुक्ल द्धितीया राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ शुक्ल द्धितीया तिथी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, परिधि योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ६ः४९ बजे, सूर्यास्त साँझ ५ः४६ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल...
लगातारको हिमपातले इलाममा जनजीवन कष्टकर

लगातारको हिमपातले इलाममा जनजीवन कष्टकर

इलाम । लगातारको हिमपात र झरीका कारण पूर्वी पहाडी जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । गएका वर्षभन्दा यसपटक धेरै पटक हिउँ परेको छ । इलामका उच्च पहाडी क्षेत्रमा यसवर्ष पटक–पटक हिउँ झरेपछि सो क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बनेको हो । चिसोका कारण विशेष गरेर घर बाहिरको काम गर्न मुस्किल भएको छ । मङ्गलबार साँझबाट हिउँ झरेपछि उच्च पहाडी क्षेत्रका बासिन्दालाई समस्या भएको हो । यसपटक विगतभन्दा निकै त...
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका–५ भदौरेमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय १३ बर्षीय रोशन बि.क. छन् । ढुंगा लिन जाँदै गरेको प्रदेश २–०३–००१त ३२९४ नम्बरको ट्रयाक्टर सडकको किनारमा कोल्टे परेर पल्टिएको थियो । ट्रयाक्टर पल्टिदा बालक ट्याक्टरबाट लडेका थिए । उनलाई ट्याक्टरको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालक रावाबेँ...
error: Content is protected !!