पत्रपत्रिका खबर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले २४ जना पदाधिकारी मनोनीत गरेका छन् । राप्रपा अध्यक्ष लिङ्देनले आइतबार पार्टीको विधानअनुसार पदाधिकारी, विभाग प्रमुख र केन्द्रीय सचिवालयको सदस्य सचिव पदमा गरी ३० जना विभिन्न नेतालाई जिम्मेवारी बाँडफाँट गरेका हुन् ।

पदाधिकारीतर्फ उपाध्यक्षमा लमजुङका हेमजंग गुरुङ र सुर्खेतका मुकुन्दश्याम गिरी मनोनीत भएका छन् । यस्तै, महामन्त्रीमा ओखलढुंगाका राजेन्द्र गुरुङ र मोरङका प्रह्लादप्रसाद साहलाई लिङ्देनले मनोनीत गरेका छन् । यसैगरी, सहमहामन्त्री बाराका मोहनप्रसाद यादव, कालिकोटका धनबहादुर बुढा, अछामका श्यामबहादुर शाही, काठमाडौंका प्रकाश रिमाल, भक्तपुरका रवीन्द्रप्रताप शाह, नुवाकोटका झनक प्याकुरेल र चितवकी रीना गुरुङ मनोनीत भएका छन् ।

यस्तै, पार्टी प्रवक्तामा चार जना नेतालाई मनोनीत गरिएको छ । प्रवक्तामा झापाका भक्तिप्रसाद सिटौला, गोरखाका मोहन श्रेष्ठ, पाँचथरका सगुनसुन्दर लावती र मोरङका गोपाल दाहाललाई मनोनीत गरिएको हो ।

यसैगरी, सहायक महामन्त्रीमा जुम्लाका रमानन्द न्यौपाने दोलखाका विजय खड्का, डोटीका प्रेम बलायर, बाँकेका ऋषिराज देवकोटा, रूपन्देहीका ताहिर अलि, नुवाकोटका दीपककुमार राई मनोनीत भएका छन् । यस्तै, सहायक प्रवक्तामा दोलखाका प्रविणकुमार थोकर तामाङ, मोरङका दिनेश कुमार साह र कञ्चनपुरका पूर्णबहादुर चन्दलाई मनोनीत गरिएको छ ।

लिङ्देनले राप्रापाको रिक्त रहेका विभिन्न ६ वटा विभागमासमेत प्रमुख मनोनीत गरेका छन् । जसअनुसार जुम्लाका रमानन्द न्यौपानेलाई केन्द्रीय सचिवालयको सदस्य सचिवमा मनोनयन गरिएको छ ।

यसैगरी, आर्थिक विभाग प्रमुखमा दिनेश श्रेष्ठ, भक्तपुर, धर्म तथा संस्कृति समन्वय विभाग प्रमुखमा पुष्पराज पुरुष, ललितपुर, सूचना तथा प्रविधि विभाग प्रमुखमा रविन चाम्लिङ, खोटाङ, तराई मधेस विभाग प्रमुखमा रामप्रताप साह ‘भोला’, सिराहा, अभिलेख तथा मूल्यांकन विभाग प्रमुखमा मीना सुवेदी, काठमाडौं, सहकारी समन्वय विभाग प्रमुखमा सुदर्शन थापा, काठमाडौंलाई मनोनीत गरिएको राप्रपाले जनाएको छ । – आजको राजधानी दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!