प्रदेश १ समन्वय परिषदको बैठक: मुख्यमन्त्री राईद्वारा १० सदस्य मनोनित
विराटनगर । प्रदेश नं. १ को आज बसेको प्रदेश समन्वय परिषद बैठकले ‘बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको छ । प्रदेश नंं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ‘प्रदेश समन्वय परिषदको बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको हो ।
नयाँ कार्यविधि स्वीकृत भएसँगै यसअघिको प्रदेश समन्वय परिषद (बैठक सञ्चालन) कार्यविधि, २०७५ खारेज भएको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह...





























