- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगर–११ केसेलिया रोडस्थित शिवम् गणपति ट्रेडिङको खाद्य गोदाममा प्रहरीले मंगलबार छापा मारेर ठूलो परिमाणमा खाद्यान्न जफत गरेको छ ।

Advertisement

भन्सार छलेर सामान ल्याइएको आशंकामा जिल्ला प्रहरी कार्यालयको टोलीले श्याम सुन्दर रौनियारले सञ्चालन गरेको ट्रेडिङको खाद्य गोदाममा छापा मारेको हो ।

गोदाममा छापा मारेर झण्डै तीन सय बोरा दाल, केराउ र पहेलो तोरी लगायत खाद्यान्न सामाग्री जफत गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

भन्सार छलेर सामान ल्याई गोदाममा थन्काएको सुराकीका आधारमा प्रहरीले छापा मारेको हो ।

जफत गरिएको खाद्यान्न प्रहरीले राजस्व अनुसन्धान कार्यालय इटहरीलाई जिम्मा लगाएको छ । राजश्व अनुसन्धान कार्यालयको टोलीले भन्सार छलीको विषयमा अनुसन्धान थालेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!