गोमा ढुंगाना/संगालोखबर
धनकुटा बजार । फाईल तस्वीर: संगालोखबर

धनकुटा । धनकुटामा बलात्कार आरोपमा एक युवा पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा धनकुटा नगरपालिका–७ का २१ वर्षीय नबिन विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

जेठ १२ गते राती विश्वकर्माले आफूमाथि बलात्कार गरेको भन्दै किशोरीले जेठ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरीका आधारमा विश्वकर्मालाई सोही दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी चिरञ्जीवी दाहालले संगालोखबरलाई जानकारी दिए ।

Advertisement

पीडितको भनाई उदृत गर्दै प्रहरी प्रवक्ता दाहालले दिएको जानकारी अनुसार विश्वकर्माले ती किशोरीलाई बिहे गर्ने आश्वासन दिएका थिए । उनीहरूबीच औपचारिक विवाह नभएपनि विश्वकर्माले ती किशोरीलाई सिन्दुरसमेत हालिसकेका थिए । उनीहरूबीच सहमतिमै शारिरीक सम्पर्क हुने गरेको थियो । तर, विश्वकर्माले अर्की केटीसँग विवाह गरेपछि ती किशोरीले बलात्कारको उजुरी दिएको डीएसपी दाहाल बताउँछन् ।

१८ वर्षमुनिका बालिकासँग सहमतिमै यौन सम्पर्क भएपनि बलात्कार ठहर्ने कानूनी व्यवस्था छ । सोही आधारमा उनले विश्वकर्माविरुद्ध उजुरी दिएकी हुन् । उनीविरुद्ध प्रहरीले मंगलबार जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेर कारबाही प्रकृया अघि बढाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!