पार्टीभित्रको समस्या हल गर्दै अघि बढौँ : एमाले नेता राई
विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका इन्चार्ज शेरधन राईले पार्टीभित्र भएका समस्या हल गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
मोरङको लेटाङमा आज एमाले नगर कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै नेता राईले पार्टीको लक्ष्य, उद्देश्य र गन्तव्य एउटै भएकाले सबै एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखे । ‘पार्टीको लक्ष्य, उद्देश्य र गन्तव्य एउटै हो’, नेता राईले भने, ‘अनावश्...































