हाजिरी जवाफ प्रतियोगितामा पोखरिया र ग्रिनल्याण्ड प्रथम 

हाजिरी जवाफ प्रतियोगितामा पोखरिया र ग्रिनल्याण्ड प्रथम 

विराटनगर । अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा पोखरिया माध्यमिक विद्यालय र ग्रिनल्याण्ड इङ्ग्लिस स्कुल प्रथम भएका छन् । आधारभूत तहतर्फ ३२ वटा विद्यालयलाई पछि पार्दै पोखरिया र प्राथमिक तहतर्फ १६ वटा विद्यालयलाई पछि पार्दै ग्रिनल्याण्ड प्रथम भएका हुन् । विद्यार्थीहरूको चौतर्फी क्षमता विकास गर्ने उद्देश्यले भएको प्रतियोगितामा आधारभूत तहतर्फ मदननगर आधारभूत विद्यालय द्वितीय, सत्यनारायण म...
होलीले शान्ति, समृद्धि र एकताको मार्गमा अघि बढ्न प्रेरित गरोस् : सभामुख विष्ट 

होलीले शान्ति, समृद्धि र एकताको मार्गमा अघि बढ्न प्रेरित गरोस् : सभामुख विष्ट 

विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले होलीले शान्ति, समृद्धि र एकताको मार्गमा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । होलीको शुभकामना सन्देश जारी गर्दै सभामुख विष्टले यस पर्वले हाम्रो जीवनमा नयाँ उमङ्ग र ऊर्जा ल्याउने विश्वास गरेका छन् । आज हिमाली र पहाडी जिल्लाहरूमा होली मनाइँदै छ भने भोलि तराइका जिल्लामा होली पर्व हर्षोल्लासका साथ मनाउने गरिन्छ । एकताको पर्वको रूपम...
कोशीका तीन जिल्लाबाट लागूऔषधसहित पाँच जना पक्राउ

कोशीका तीन जिल्लाबाट लागूऔषधसहित पाँच जना पक्राउ

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् । मोरङ, झापा र सुनसरी जिल्लाका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन् । मोरङको विराटनगर महानगरपालिका-५ बाट ब्राउन सुगर २ ग्राम ७९० मिलिग्रामसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को २३ प ४१ नम्बरको स्कुटरमा सवार ...
थ्री स्टारले जित्यो विराट गोल्डकपको उपाधि

थ्री स्टारले जित्यो विराट गोल्डकपको उपाधि

विराटनगर । थ्रीस्टार क्लबले ९  औं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ । विराटनगरको सहिद रङ्गशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० गोलले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो । थ्री स्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठले खेल सुरु भएको पाँचौँ मिनेट र दिपेश घलेले ६३ औं मिनेटमा गोल गरे । उपाधिसँगै थ्री स्टारले नगद ११ लाखसहित ...
अरनिको कलेजले जित्यो हिसान कोशी प्रदेश अन्तर क्रिकेटको उपाधि 

अरनिको कलेजले जित्यो हिसान कोशी प्रदेश अन्तर क्रिकेटको उपाधि 

विराटनगर  । कोशी प्रदेश स्तरीय अन्तर क्रिकेट प्रतियोगिताको उपाधि विराटनगर स्थित अरनिको कलेजले जितेको छ । हिसान कोशीको आयोजना तथा हिसान मोरङको संयोजनमा भएको प्रतियोगितामा ग्रिनल्याण्ड कलेजलाई ६४ रनले पराजित गर्दै अरनिकोले उपाधि जितेको हो । अरनिकोले गतमाघ १५ गते विराटनगरमा सम्पन्न भएको मोरङ हिसान क्रिकेट प्रतियोगिताको फाइनलमा ग्रिनल्याण्ड कलेजलाई नै पराजित गरि उपाधि जितेको थियो । विराटनगरको बैजन...
कोशी प्रदेशबाट एसइईमा ९० हजार परीक्षार्थी सहभागि हुँदै

कोशी प्रदेशबाट एसइईमा ९० हजार परीक्षार्थी सहभागि हुँदै

विराटनगर । कोशी प्रदेशका १४ वटै जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) मा करिब ९० हजार परीक्षार्थी सहभागि हुने भएका छन् । सामाजिक विकास मन्त्रालय कोशी प्रदेशले आज विराटनगर पत्रकार सम्मेलन गर्दै परीक्षामा सहभागि हुने परिक्षार्थी र तयारीका विषयमा जानकारी गराएको हो । मन्त्रालयका अनुसार साधारण र प्राविधिक धार तथा खुल्लासहित १४ जिल्लाबाट ८० हजार नौ सय ३४ जना परीक्षार्थी सहभागि हुनेछन् । जसमध्ये मो...
महेन्द्र मोरङमा स्ववियु निर्वाचनको विषयमा विवाद हुँदा नेविसङ्घद्वारा आगजनी र तालाबन्दी

महेन्द्र मोरङमा स्ववियु निर्वाचनको विषयमा विवाद हुँदा नेविसङ्घद्वारा आगजनी र तालाबन्दी

विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको विषयमा विवाद हुँदा नेपाल विद्यार्थी सङ्घले आगजनी गरेको छ । आज डाक्टर शेखर कोइराला समूहले निर्वाचन कार्यालयमा आगजनी गरेर तालाबन्दी गरेको हो । आगजनीबाट कार्यालयका केही कागजात जलेका छन् भने प्रहरीले ताला फोडेको छ । स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी सङ्घबाट संस्थापन पक्षबाट प्रज्वल विष्ट ...
ताप्लेजुङमा समूह गठन गरि सामूहिक मकैखेती 

ताप्लेजुङमा समूह गठन गरि सामूहिक मकैखेती 

विराटनगर । ताप्लेजुङका किसानले सामूहिक मकैखेती सुरु गरेका छन् । कृषक समूह गठन गरेर १२ परिवारले एक सय ४० रोपनी क्षेत्रफलमा मकैखेती गरिरहेका छन् । परम्परागत खेतीलाई विस्थापित गर्दै समूह बनाएर आधुनिक खेतीतर्फ कृषक आकर्षित भएका हुन् । प्रत्येक कृषकले आफ्नो इच्छा अनुसार फरक-फरक बाली लगाउँदै आएकामा अब भने सामूहिक तर्फ आकर्षित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले मकै जो...
साँगुरीगढीको स्थापना दिवसमा दुई दर्जन बढी सम्मानित

साँगुरीगढीको स्थापना दिवसमा दुई दर्जन बढी सम्मानित

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाले नवौं स्थापना दिवस मनाएको छ । ‘कृषि पर्यटन र पूर्वाधार, साँगुरीगढी समृद्धिको आधार’ भन्ने मूल नाराका साथ मङ्गलबार गाउँपालिकाले स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई गरिएको छ । पालिकाले सेवा निवृत्त १६ जना शिक्षकसँगै एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको हो । यसैगरी वडा नम्बर...
धनपालथानमा अस्पताल निर्माणको काम रोकेर पुनः शिलान्यासको तयारी

धनपालथानमा अस्पताल निर्माणको काम रोकेर पुनः शिलान्यासको तयारी

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-५ बबिया टोलमा २०७८ सालमा शिलान्यास भएर निर्माण सुरु भएको अस्पतालको पुनः शिलान्यास गर्ने तयारी गरिएपछि विरोध सुरु भएको छ । २०८० फागुनमा सम्झौता भएर निर्माण कार्य सुरु भएको १५ शैय्याको अस्पताल निर्माणको काम एक महिनादेखि रोकेर पुनः शिलान्यास गर्ने तयारी गरिएको हो । जसका कारण जनप्रतिनिधिहरूबीचको विवाद उत्कर्षमा पुगेको छ । धनपालथान गाउँपालिका अध्यक्ष जिबछप्रसाद...
धनकुटा क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका तिम्सिना सर्वसम्मत

धनकुटा क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका तिम्सिना सर्वसम्मत

धनकुटा । स्वतन्त्र विद्यार्थी युनियन धनकुटा बहुमुखी क्याम्पसको अध्यक्षमा अनेरास्ववियुका युवा तिम्सिना सर्वसम्मत भएका छन् । सहमतिपछि एकल उम्मेद्वारी परेका कारण तिम्सिना स्ववियु अध्यक्षमा निर्वाचित हुने निश्चित भएको हो । चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज उम्मेद्वारी मनोनयन दर्ताको समय तोकिएको थियो । संगठनहरुवीचको सहमतिपछि धनकुटा क्याम्पसको स्ववियुमा अध्यक्षसहित सबै पदमा एकल उम्मेद्वारी पर...
विराटनगरमा पानीको शुद्धिकरण माग गर्दै वडा कार्यालय घेराउ

विराटनगरमा पानीको शुद्धिकरण माग गर्दै वडा कार्यालय घेराउ

विराटनगर । विराटनगर-४ का स्थानीयले धारामा धमिलो र लेदो पानी आउने समस्या समाधान नभएको भन्दै वडा कार्यालय घेराउ गरेका छन् । लामो समयदेखि लेदोसहितको धमिलो पानी आइरहेको र बारम्बार ध्यानाकर्षण गराउँदा पनि समाधान नभएको भन्दै आज वडा कार्यालय घेराउ गरेका हुन् । धारामा आएको लेदोसहितको धमिलो पानी लिएर स्थानीय वडा कार्यालय घेराउ गर्न पुगेका छन् । उनीहरूले ‘शुद्धिकरण गरेको खानेपानी वितरण गर, नागरिकलाई व...
कोशीमा चाँडो गरिबी निवारण गर्न सकिन्छ : प्रधानमन्त्री ओली 

कोशीमा चाँडो गरिबी निवारण गर्न सकिन्छ : प्रधानमन्त्री ओली 

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि नभएका काम केही वर्षमा भएका बताएका छन् । आज कोशी प्रदेशसभालाई सम्बोधन गर्दै उनले साधारण मात्र नभएर असाधारण काम गरेको बताएका हुन् । ‘विकास निर्माणका काममा हामीले दूरगामी दृष्टि प्रस्तुत गरेका छौँ’, ओलीले भने, ‘नेपाली जनताको आकाङ्क्षा सुखी नेपाली र समृद्ध नेपाल हो । सिङ्गै नेपाललाई सुशासन र समृद्ध बनाउनु पर्छ र सिङ्गो नेपालीलाई सुखी नेपाली बना...
मोरङको लेटाङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मोरङको लेटाङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

विराटनगर । मोरङको लेटाङमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोमबार माछा मार्न भनेर निस्किएका लेटाङ नगरपालिका-९ बाह्रकोठेका ४२ वर्षीय मनबहादुर लिम्बुको मृत्यु भएको हो । बिहान ८ बजे घरबाट निक्लिएका लिम्बु घर नफर्किएपछि आफन्त र परिवारले खोजी सुरु गरेका थिए । मोरङ प्रहरीका अनुसार घरदेखि करिब ५ किलोमिटर दक्षिणमा रहेको जङ्गलमा राति ९ बजेतिर उनलाई मृत अवस्थामा फेला पारिएको थियो । घटन...
विराटनगरमा खानेपानी संस्थानले वितरण गरेको पानीमा लेदो, उपभोक्ता मारमा

विराटनगरमा खानेपानी संस्थानले वितरण गरेको पानीमा लेदो, उपभोक्ता मारमा

विराटनगर । भौगोलिक विकटताका कारण हिमाली, पहाडी क्षेत्रका प्रायः स्थानमा खानेपानीको जोहो गर्दा बिहान बित्छ । एक गाग्री पानीका लागि घण्टौँ हिँड्नुपर्ने, लाइनमा बस्नुपर्ने बाध्यता छँदैछ । तराईका जिल्लामा पनि पानीको समस्या छ । पानीकै कारण बसाइसराइ गर्नुपरेका घटनाहरू पनि प्रशस्तै छन् । यी त पानीको मुहान सुक्नु लगायतका कारणले निम्तिएका समस्या भए । घरघरमा धाराबाट पानी आउँछ । तर, पिउन नमिल्ने अवस्था भए...
विराटनगर ट्रक व्यवसायी सङ्घमा विवाद, उद्‌घाटन भइसकेको अधिवेशन स्थगित

विराटनगर ट्रक व्यवसायी सङ्घमा विवाद, उद्‌घाटन भइसकेको अधिवेशन स्थगित

विराटनगर । विराटनगर ट्रक व्यवसायी सङ्घको अधिवेशन स्थगित भएको छ । शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अधिवेशनको उद्‌घाटन गरेका थिए । तर, सङ्घभित्र विवाद चर्किएपछि १७ औं अधिवेशन तथा ३३ औं साधारणसभा स्थगित भएको हो । साधारणसभामा गणपूरक सदस्य सङ्ख्या नपुगेपछि नयाँ नेतृत्व चयन हुन सकेन । सङ्घमा आवद्ध  दुई सय ५१ जना सदस्यहरू मध्ये साधारणसभामा एक सय ४४ जना मात्रै उपस्थित भएपछि नरबह...
मर्यादित भएर होली मनाउन मोरङ प्रशासनको आग्रह

मर्यादित भएर होली मनाउन मोरङ प्रशासनको आग्रह

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले रङ्गहरूको पर्व फागु पूर्णिमा अर्थात होलीमा अवाञ्छित क्रियाकलाप गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले एक सूचना जारी गर्दै व्यवस्थित र मर्यादित ढङ्गबाट होली मनाउन आग्रह गर्दै अटेर गरे कारबाही गर्ने चेतावनी दिएका हुन् । होलीलाई व्यवस्थित, मर्यादित र मनोरञ्जनपूर्वक मनाउँदै समाजमा शान्ति सुव्यवस्था र सद्भाव कायम गर्...
धनकुटामा गुञ्जिए युद्धकवि नरेश राई 

धनकुटामा गुञ्जिए युद्धकवि नरेश राई 

धनकुटा । धनकुटामा युद्धकवि तथा लेखक काङमाङ नरेश राईले एकल कविता वाचन गरेका छन् । आइतबार मिसन पोएट्री धनकुटाको आयोजनामा कवि राईले एकल कविता वाचन गरेका हुन् । कवि राईले ‘११ औं सम्झनामा बाँचेको म’, ‘फर्केर आउ’, ‘जेट पिलेनमै गयो होला’, ‘आँशु जस्तै छ युद्ध’, ‘युद्ध भूमिबाट सम्झना’, ‘रित्तो सपना’, ‘अन्तिम सङ्घर्ष’ ‘रिपोर्ट’, ‘भोगाई’ लगायत शीर्षका दर्जनबढी कविता वाचन गरेका थिए । भोजपुरमा जन्मेका ...
उदयपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु 

उदयपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु 

विराटनगर । उदयपुरमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । त्रियुगा नगरपालिका-८ मा प्र १-०५-००१ प ८३५९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६५ वर्षीया टिकामाया कार्कीको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट घाइते भएकी कार्कीको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालक रौतामाई गाउँपालिका-७ का २२ वर्षीय गजेन्द्र दाहाललाई जिल्ला प्...
प्रतीक्षा र सावित्रीले जिते ‘गर्ल्स अन ह्विल’को उपाधि

प्रतीक्षा र सावित्रीले जिते ‘गर्ल्स अन ह्विल’को उपाधि

विराटनगर । ‘गर्ल्स अन ह्विल’ प्रतियोगिताको उपाधि प्रतीक्षा अधिकारी र सावित्री ढकालले जितेका छन् । विराटनगर प्राइम राउन्ड टेबल-१० को आयोजनामा भएको प्रतियोगितामा फस्ट रनरअप नम्रता शर्मा र सुजता शर्मा तथा सेकेन्ड रनरअप रिङ्की धनावत र श्वेता तोदी घोषित भए । प्रतियोगिताको विजेताले नगद ६० हजार, फस्ट रनरअप र सेकेन्ड रनरअपले क्रमश ४० हजार र २५ हजार नगदसहित अन्य उपहार पाएका छन् । प्रतियोगितामा ६० वटा स्...
‘धनकुटाको सालघारीमा साहित्यिक वर्षा’

‘धनकुटाको सालघारीमा साहित्यिक वर्षा’

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-५ अरुणोदय माध्यमिक विद्यालय सालघारीमा साहित्यकारहरूको जमघट भएको छ । स्थानीय स्रष्‍टाहरूको सम्मान, उत्थान तथा उन्नयनका लागि गरिएको कार्यक्रममा साहित्यकारहरूले आ-आफ्ना रचना वाचन गरेका छन् । कार्यक्रममा कवि भर थापा, सुष्मा दाहाल र अनिल सुवेदी कविता वाचन गरेका थिए भने निर्मला कुँवरले मुक्तक वाचन गरेकी थिइन् । कवि थापाले ‘‘हर्कमाया दर्जी र झन्डाको व्यापार’, ‘धन...
बसाइसराइ रोक्न स्थानीय तहमै रोजगारी सिर्जना गर्न आवश्यक छ : मुख्यमन्त्री कार्की

बसाइसराइ रोक्न स्थानीय तहमै रोजगारी सिर्जना गर्न आवश्यक छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आम्दानीको श्रोत बढाउन प्रदेशको आफ्नै आन्तरिक राजश्व कार्यालय स्थापना गर्ने तयारी थालिएको बताएका छन् । राष्ट्रिय योजना आयोगले आयोजना गरेको ‘सोह्रौँ योजनाको कार्यान्वयन तथा समपूरक र विशेष अनुदान लगायतका विषयमा प्रदेश र स्थानीय तह लक्षित’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । मुख्यमन्त्री कार्कीले ...
विराटनगरका हरिमोहन श्रेष्ठले गरे १०३ पटक रक्तदान 

विराटनगरका हरिमोहन श्रेष्ठले गरे १०३ पटक रक्तदान 

विराटनगर । मोरङको रङ्गेली नगरपालिका-८ दर्बेसाका शङ्कर ऋषिदेवले ७० वर्षीया आमालाई स्वास्थ्यमा समस्या देखिएपछि मङ्गलबार राति उपचारका लागि विराटनगर ल्याए । विराट टिचिङ अस्पतालमा भर्ना गरेर आमाको उपचार सुरु भयो । भोलिपल्ट अर्थात बुधबार अस्पतालले रगत जोहो गर्न भन्यो । केही समय चिनेजानेका मान्छेलाई सम्पर्क गरे । अन्य माध्यमबाट पनि रगतको खोजी गरे । कतै रगत समुह मिल्दैन त कसैले के भन्छ । भौतारिरहेका उन...
स्ववियु निर्वाचन : धनकुटाको गोकुण्डेश्वरमा स्वतन्त्र विद्यार्थी समुहको उम्मेदवारी घोषणा  

स्ववियु निर्वाचन : धनकुटाको गोकुण्डेश्वरमा स्वतन्त्र विद्यार्थी समुहको उम्मेदवारी घोषणा  

धनकुटा । धनकुटाको गोकुण्डेश्वर क्याम्पसमा स्वतन्त्र विद्यार्थी समुहले उम्मेदवारी घोषणा गरेको छ । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि स्वतन्त्र समुहले उम्मेदवारी घोषणा गरेको हो । स्वतन्त्र समुहबाट अध्यक्षमा जितेन लोहारले उम्मेदवारी दिने भएका छन् । यस्तै सचिवमा सरोज भण्डारी र कोषाध्यक्षमा मन्दिरा शिवभक्तिले उम्मेदवारी घोषणा गरेका छन् । ‘दलीय राजनीति मुक्...
विराट गाेल्डकप : मच्छिन्द्रलाई पराजित गर्दै थ्री स्टार सेमिफाइनल प्रवेश

विराट गाेल्डकप : मच्छिन्द्रलाई पराजित गर्दै थ्री स्टार सेमिफाइनल प्रवेश

विराटनगर । मच्छिन्द्र फुटबल क्लबलाई पराजित गर्दै थ्री स्टार क्लब विराट गाेल्डकपकाे सेमिफाइनल प्रवेश गरेकाे छ । आज राति विराटनगरकाे सहिद रंगशालामा भएकाे तेस्राे क्वाटरफाइनल खेलमा मच्छिन्द्रलाई २-१ गाेल अन्तरले पराजित गर्दै थ्री स्टार सेमिफाइनलमा प्रवेश गरेकाे हाे । थ्री स्टारका लागि खेलकाे १४ औं मिनेटमा आशिष चापागाईं र २२ औं मिनेटमा दिपेश घलेले गाेल गरे । प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रले थुप्...
विराट गाेल्डकपमा शनिबार महिलाहरूले नि:शुल्क प्रवेश पाउने

विराट गाेल्डकपमा शनिबार महिलाहरूले नि:शुल्क प्रवेश पाउने

विराटनगर । शनिबार महिलाहरूले निःशुल्क विराट गाेल्डकप हेर्न पाउने भएका छन् । अन्तराष्ट्रिय नारी दिवसका अवसरमा महिलाहरूलाई निःशुल्क प्रवेश दिइने आयाेजकले जनाएकाे हाे । शनिबारकाे अन्तिम क्वाटरफाइनल खेल चर्च व्वाइज युनाइटेड र एनआरटी फुटबल क्लबबीच हुने छ । फागुन १९ गतेबाट सुरु भएको गोल्डकप आगामी फागुन २८ गते समापन हुनेछ । प्रतियोगितामा विजेता हुने टोलीले ११ लाख र उपविजेता टोलीले पाँच लाख नगद पुरस्क...
विराट गाेल्डकप : तेस्राे क्वाटरफाइनलकाे पहिलाे हाफमा थ्री स्टारकाे अग्रता

विराट गाेल्डकप : तेस्राे क्वाटरफाइनलकाे पहिलाे हाफमा थ्री स्टारकाे अग्रता

विराटनगर । विराट गाेल्कपकाे तेस्राे क्वाटरफाइनल खेलकाे पहिलाे हाफमा थ्री स्टार क्लबले मच्छिन्द्र क्लबविरूद्ध दुई गाेल गरेकाे छ । विराटनगरकाे सहिद रंगशालामा जारी खेलकाे १४ औं मिनेटमा थ्री स्टारका आशिष चापागाईंले पहिलाे गाेल गरे । यस्तै खेलकाे २५ औं मिनेटमा थ्री स्टारका दिपेश घलेले दाेस्राे गाेल थपे । प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रले थुप्रै अवसर पाएपनि पहिलाे हाफमा गाेल गर्न सकेन । भाे...
कान्तिपुर स्कुलको वार्षिकोत्सव तथा अभिभावक दिवस (फोटो फिचर)

कान्तिपुर स्कुलको वार्षिकोत्सव तथा अभिभावक दिवस (फोटो फिचर)

विराटनगर । विराटनगर-१० मा अवस्थित कान्तिपुर स्कुलले १० औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । आज स्कुल प्राङ्गणमा विभिन्न कार्यक्रम गर्दै वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै मेयर कोइरालाले समयसँगै शिक्षा प्रणाली पनि परिवर्...
विराट गोल्डकप : आज मच्छिन्द्र र थ्री स्टार भिड्ने

विराट गोल्डकप : आज मच्छिन्द्र र थ्री स्टार भिड्ने

विराटनगर । विराट गोल्डकपमा आज मच्छिन्द्र फुटबल क्लब र थ्री स्टारबीच प्रतिस्पर्धा हुने छ । विराटनगरको सहिद रङ्गशालामा हुने रात्रिकालीन प्रतियोगितामा आजको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । सशस्त्र प्रहरी बलको एपीएफलाई २-० गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लब र घरेलु टोली मोरङलाई १-० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब गोल्डकपको सेमिफाइनमा प्रवेश गरिसकेका छन् । फागुन १९ गतेबाट सुर...
विराटनगरको क्षयरोग निवारण संस्थामा कम क्षमताको आवास गृह हुँदा समस्या

विराटनगरको क्षयरोग निवारण संस्थामा कम क्षमताको आवास गृह हुँदा समस्या

विराटनगर । क्षयरोग नियन्त्रणका लागि सरकारले चासो नदेखाउँदा दिनप्रतिदिन वृद्धि हुँदै गएको सरोकारवालाहरूले बताएका छन् । नेपाल क्षयरोग निवारण संस्था मोरङले बिहीबार पत्रकारहरूलाई यो विषयमा जानकारी गराएको हो । संस्थाका पदाधिकारीहरूले वर्षेनी देशभरबाट ३५ हजार क्षयरोगीहरू स्वास्थ्य संस्थाको सम्पर्कमा नआउने गरेको बताएका छन् । सम्पर्कमा नआउँदा क्षयरोगीको सङ्ख्या वृद्धि हुँदै गएकाले सरकारले यसतर्फ ध्यान ...
विराटनगरमा राजावादीको प्रदर्शन

विराटनगरमा राजावादीको प्रदर्शन

विराटनगर । विराटनगरमा राजावादीहरूले मोटरसाइकल र्‍याली प्रदर्शन गरेका छन् । आज पुष्पलाल चोकबाट सुरु भएको र्‍याली नगरका विभिन्न भागको परिक्रमा गर्दै कञ्चनबारीमा पुगेर कोणसभामा परिणत भएको हो । विभिन्न नारा लगाउँदै राजावादीहरूले नगर परिक्रमा गरेका थिए । उनीहरूले ‘सङ्घीयत खारेज गर’, ‘राजतन्त्र जिन्दावाद’, ‘नारायण हिटी खाली गर’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘जय-जय गोरख जय-जय काली, ...
error: Content is protected !!