भासियो धरान–धनकुटा सडक
धनकुटा । अविरल वर्षाका कारण धरान-धनकुटा सडक भासिएको छ । आज बिहान ११ बजे साँगुरीगढी गाउँपालिका-६ चारखोले गोलाइमा कोशी लोकमार्गको १० मिटर सडक भासिएको हो ।
सडक भासिएपनि एकतर्फी सडक सुचारु रहेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए । उक्त स्थानमा इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरीको टोली पुगेको छ ।
कोशी पहाडी जिल्लाका विभिन्न स्थानका सडकहरू पनि पहिरोका कारण अवरुद्ध भएका छ...
































