पाँचथरमा भरुवा बन्दुकले हानेर छोराको हत्या, बुबा पक्राउ
विराटनगर । पाँचथरको मिक्लाजुङ गाउँपालिका-८ भदौरेमा भरुवा बन्दुकले हानेर बुबाले आफ्नै छोराको हत्या गरेका छन् । आइतबार अपराह्न ५२ वर्षीय बखतसिंह सिंगकले १७ वर्षीय छोरा सफल सिंगकको हत्या गरेका हुन् ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर घर पछाडिको बारीमा बखतसिंहले छोरालाई बरुवा बन्दुक प्रहार गरेका थिए । बरुवा बन्दुकले लागेर सफलको शरीरका विभिन्न भागमा चोट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको...






























