सुनसरीको बर्जुबाट दुई क्विन्टल गाँजासहित दुई जना पक्राउ
विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-३ नहर चोकबाट दुई क्विन्टल गाँजासहित दुई जना पक्राउ परेका छन् ।
सोमबार राति इलाका प्रहरी कार्यालय सीतागञ्जबाट खटिएको प्रहरी टोलीले भीमपुरबाट अमडुवा तर्फ जाँदै गरेको प्र १-०२-००२ च ५१२६ नम्बरको पिकअप गाडीबाट गाँजा बरामद गरेको हो ।
प्रहरीका अनुसार छ वटा बोरामा राखिएको अवस्थामा एक सय ९९.३ किलो गाँजा फेला परेको हो । पक्राउ पर्नेमा धनकुटा नगरपालिका-९ का उद्धव भण्...




























