तीन महिनामा कोशीका कारागार र प्रहरी ब्यारेकमा ६ जनाको मृत्यु
विराटनगर । कोशी प्रदेशका तीन जिल्लामा तीन महिनाको अवधिमा कारागार र प्रहरी ब्यारेकमा ६ जनाको मृत्यु भएको छ । इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले सार्वजनिक गरेको सन् २०२५ जनवरीदेखि मार्चसम्मको प्रतिवेदन अनुसार झापा, मोरङ र सुनसरीमा रहेका कारागार र ब्यारेकमा ६ जनाको मृत्यु भएको हो ।
इन्सेकको अभिलेखअनुसार गत पुस १६ गतेदेखि चैत १८ गतेसम्म जिल्ला प्रहरी कार्यालय झापाको ब्यारेक र कारागारमा दुई जनाक...





























