रोल्पामा जिप दुर्घटनाः ७ जनाको मृत्यु

रोल्पामा जिप दुर्घटनाः ७ जनाको मृत्यु

विराटनगर । रोल्पामा जिप दुर्घटना हुँदा एक बच्चासहित ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । माडी गाउँपालिका–२, घर्तीगाउँबाट माडी–४ मा पर्ने तलाबाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप परेवा छहरामा आज अपरा्हन दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । जिप सडकबाट करिब ४ सय मिटर तल खसेको जनाइएको छ । दुर्घटनाका मृत्यु...
पूर्वशिक्षकको हत्या गर्ने युवक पक्राउ

पूर्वशिक्षकको हत्या गर्ने युवक पक्राउ

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक ६३ वर्षीय लच्छी चन्दको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले आज एकजनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न रहेको आरोपमा ३५ वर्षीय महेश भण्डारीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरीप्रसाद जैशीले बताए । बुधबार साँझ ८ बजे घरतर्फ जाँदै गरेका बेला चन्दलाई ढुङ्गा प्रहार गरी भण्डारीले गम्भीर घाइते बनाएक...
उपचार गरेर फर्कँदै थिइन्, एम्बुलेन्स दुर्घटनामा ज्यान गुमाइन्

उपचार गरेर फर्कँदै थिइन्, एम्बुलेन्स दुर्घटनामा ज्यान गुमाइन्

धनगढी । भारतमा स्वास्थ्य उपचार गरेर फर्कँदै गर्दा कैलालीमा भएको दुर्घटनामा एक युवतीले ज्यान गुमाएकी छन् । उनी चढेको एम्बुलेन्स आज बिहान दुर्घटना भएको थियो । गम्भीर घाइते बन्न पुगेकी बर्दियाको राजापुर नगरपालिका–९ की १८ वर्षीया अञ्जली परियारको मृत्यु भएको हो । बर्दिया प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा बिहान भारतीय युके–०४–पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन...
सेती नदीमा डुबेर युवक बेपत्ता

सेती नदीमा डुबेर युवक बेपत्ता

डोटी । सेती नदीमा नुहाउने क्रममा एकजना डुबेर बेपत्ता भएका छन् । प्रहरीका अनुसार शिखर नगरपालिका-८ लुवाखडीनजिकै नदीमा धनगढी उपमहानगरपालिका–३ का नरबहादुर तामाङ डुबेर बेपत्ता भएका हुन् । उनी सु–प–प्र–०१ ००१ ज–१५३४ नम्बरको कार लिएर धनगढीबाट अछामतर्फ जाँदै थिए । कार सडक किनारमा रोकी उनी नुहाउन गएको प्रहरी नायव निरीक्षक नारायणसिंह नेगीले जानकारी दिए । उनका अनुसार तामाङ बेपत्ता भएको सूचना सोही कारमा स...
error: Content is protected !!