धनकुटामा गाडीबाट ओर्लिएनन् बालेन, समर्थकसँग गाडीबाटै हात मिलाए
धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह धनकुटाबाट गाडीबाटै हात हल्लाउँदै फर्किएका छन् । चुनावी अभियानको क्रममा आज धनकुटा आएका शाह गाडीबाटै हात हल्लाउँदै फर्किएका हुन् ।
इलाम, ताप्लेजुङ, पाँचथर, तेह्रथुम हुँदै धनकुटा आइपुगेका उनले हिले बजारमा रास्वपा उम्मेदवार दिनेश भण्डारीसहित स्थानीय मतदातासँग छोटो भेटघाट गरेका थिए ।
तर धनकुटा बजारमा भने उनी गाडीबाट उत्रिएनन् । ...





























