झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । झापामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बुधबार राति भद्रपुर–६ मा भएको दुर्घटनामा ५९ वर्षीय राम श्रेष्ठको मृत्यु भएको हो । मेची राजमार्गअन्तर्गत बुद्धशान्ति गाउँपालिका–७ सुनमाईमा प्र ३–०२–००७ प ६०९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठ इलामाबाट घर फर्कँदै थिए । मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प...
धनकुटामा कर्फ्यु

धनकुटामा कर्फ्यु

धनकुटा । धनकुटामा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले आज बेलुका ५ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । धनकुटाको उत्तरमा कागते, पूर्व खनिया बास, पश्चिम आद्यौगिक ग्राम र दक्षिणमा चुलिबन क्षेत्रमा कफ्र्यू जारी गरिएको छ । सो अवधिमा अत्यावयक सेवाका सवारी साधनहरू, सञ्चारकर्मी, मानवअधिकार तथा कुटनीतिक आयोगका सवारी साधन मात्रै चल्न पाउने जनाइएको छ ।
ध्वस्त भए विराटनगरका सरकारी कार्यालयहरू (फोटो फिचर)

ध्वस्त भए विराटनगरका सरकारी कार्यालयहरू (फोटो फिचर)

विराटनगर । जेनजी पुस्ताको आन्दोलनका क्रममा विराटनगरमा रहेका सरकारी कार्यालयसँगै भाटभटेनी सुपर मार्केट ध्वस्त भएको छ । आगजनी र तोडफोडका कारण कार्यालय, महत्वपूर्ण कागजात, सवारी साधन, फर्निचर तथा अन्य भौतिक संरचनामा क्षति भएको छ । मंगलबार भएको आन्दोलनमा कोशी प्रदेश सभा, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उच्च अदालत, जिल्ला अदालत, महानगरपालिकाको कार्यालय ...
विराटनगरमा टायर बालेर प्रदर्शन

विराटनगरमा टायर बालेर प्रदर्शन

विराटनगर । जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन आज विराटनगरमा टायर बालेर प्रदर्शन भइरहेको छ । आज प्रदेश सभा नजिकै देवकोटा चोक र बसपार्कमा आन्दोलनरत पक्षले टायर बालेर प्रदर्शन गरेका हुन् । प्रदर्शनलाई मध्यनजर गर्दै विराटनगरमा कर्फ्यु आदेश समेत जारी गरिएको छ । प्रदेशसभा सचिवालयसँगै विराटनगरमा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।
विराटनगरमा कर्फ्यु आदेश जारी, यी स्थानलाई तोकियो निषेधित क्षेत्र

विराटनगरमा कर्फ्यु आदेश जारी, यी स्थानलाई तोकियो निषेधित क्षेत्र

विराटनगर । जेनजी पुस्ताको आन्दोलन थप चर्किएसँगै विराटनगरमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला सुरक्षा समितिको आज बिहान बसेको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम बिहान ११ बजेदेखि बेलुकी १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । आदेश अनुसार तोकिएका क्षेत्रभित्र सभा, जुलुस, धर्ना, प्रदर्शन वा भिडभाड गर्न पूर्ण निषेध गरिएको छ । प्रदेशसभा भवन क्षेत्र पूर्वमा नेपाल राष्ट्र बैंकदेख...
विराटनगरमा यातायात बन्दको आह्वान

विराटनगरमा यातायात बन्दको आह्वान

विराटनगर । जेनजी पुस्ताले विराटनगरमा यातायात बन्दको आह्वान गरेका छन् । सोमबार भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको भन्दै जेनजी पुस्ताले यातायात बन्दको आह्वान गरेका हुन् । उनीहरूले आज बिहान ११ बजेबाट विराटनगरमा यातायात बन्दको आह्वान गरेका छन् । आन्दोलनरत पक्षले ११ बजेसम्मका आफ्नो काम सक्न भनेको छ । सुनसरीको इटहरीमा सोमबारदेखि नै कर्फ्यु जारी छ । इटहरीमा प्रहरीले चलाएको गोली लागेर दुई जनाको ...
इटहरीमा कर्फ्यु आदेश जारी

इटहरीमा कर्फ्यु आदेश जारी

विराटनगर । इटहरी उपमहानगरपालिकामा कर्फ्यु आदेश जारी भएको छ । जेनजी पुस्ताले प्रदर्शनका क्रममा उपमहानगरपालिकामा आगजनी गर्नुका साथै ढुङ्गामुढा गरेपछि प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो । प्रदर्शनकारीले मेयर हेमकर्ण पौडेलको कार्यकक्षसहित जिन्सी शाखामा आगजनी गरेका हुन् । अहिले पनि प्रदर्शनकारीले ढुंगामुढा गरिरहेका छन् । आगजनीका कारण उपमहानगरमा ठूलो क्षति हुनसक्ने अनुमान गरिएको छ । प...
सरकारप्रति जेनजीको आक्रोश, विराटनगरका विभिन्न स्थानमा प्रदर्शन

सरकारप्रति जेनजीको आक्रोश, विराटनगरका विभिन्न स्थानमा प्रदर्शन

विराटनगर । देशभरसँगै विराटनगरमा पनि जेनजी पुस्ताले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सामाजिक सञ्जाल बन्द, बेथिति र भ्रष्टाचारविरुद्ध जेनजीले प्रदर्शन गरेका हुन् । विराटनगरको आन्दोलनमा आएका जेनजी पुस्ताका श्रीजल कार्कीले भ्रष्टाचारको अन्त्य हुनुपर्ने तथा युवाहरूको आवाज दबाउन नहुने लगायतलाई मध्यनजर गर्दै प्रदर्शन गरिएको बताए । उनले युवापुस्ताको कुरा सरकारले सुन्नुपर्ने उल्लेख गरे । सरकारले रोजगा...
इटहरीमा पनि चल्यो गोली

इटहरीमा पनि चल्यो गोली

विराटनगर । सुनसरीको इटहरीमा पनि गोली चलेको छ । जेनजीको प्रदर्शन तनावग्रस्त भएपछि गोली चलाएको प्रहरीले जनाएको छ । ‘अवस्था तनावग्रस्त बनेपछि अश्रुग्यास र हवाई फायर गरिएको हो’, सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले संगालोखबरसँग भने, ‘ अवस्था अहिले पनि तनावग्रस्त छ ।’ कति हवाई फायर भयो भन्ने खुल्न बाँकी छ । प्रदर्शनकारी इटहरी उपमहानगरपालिका प्रवेश गरेपछि हवाई फायर भएको जनाइएको छ । जेनजी...
जेनजी प्रदर्शन : दमकमा हवाई फायर, प्रहरी र प्रर्दशनकारी घाइते

जेनजी प्रदर्शन : दमकमा हवाई फायर, प्रहरी र प्रर्दशनकारी घाइते

विराटनगर । झापाको दमकमा प्रहरीले हवाई फायर गरेको छ । जेनजीको प्रदर्शन उग्र बनेपछि गोली चलाउनु पर्ने अवस्था आएको प्रहरीले जनाएको छ । ढुङ्गामुढासँगै आगजनी प्रयास भएपछि हवाई फायर गरिएको झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले जानकारी दिए । ‘अहिले पनि अवस्था सामान्य भइसकेको छैन्’, प्रहरी उपरीक्षक लिम्बुले संगालोखबरसँग भने, ‘भीड अराजक भएपछि हवाई फायर गर्नुपर्ने अवस्था आयो ।’ प्रदर्शनका क्रममा प्रदर्शन...
संसद भवनभित्र छिरे जेनजी, प्रहरीले चलायो गोली

संसद भवनभित्र छिरे जेनजी, प्रहरीले चलायो गोली

काठमाडौँ । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा प्रदर्शनमा उत्रिएका युवा पुस्ता (जेनजी) संसद भवनभित्र प्रवेश गरेका छन् । प्रहरीको सुरक्षा घेरा तोड्दै प्रदर्शनकारीहरू संसद भवनभित्र छिरेका हुन् । उनीहरु गेटमाथि चढेर भवनभित्र प्रवेश गरेका हुन् । प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले हवाईफायर गरेको छ । भिड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ ।
विराटनगरमा यस्तो देखियो युवा पुस्ताको प्रदर्शन (फोटो फिचर)

विराटनगरमा यस्तो देखियो युवा पुस्ताको प्रदर्शन (फोटो फिचर)

विराटनगर । विराटनगरमा पनि युवा पुस्ताले आज प्रदर्शन गरिरहेका छन् । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा युवाहरू सडकमा उत्रिएर प्रदर्शन गरेका हुन् ।  तस्वीर: मोहन ढकाल/संगालोखबर
विराटनगरका यी स्थानमा गर्दैछन् जेनजीले प्रदर्शन 

विराटनगरका यी स्थानमा गर्दैछन् जेनजीले प्रदर्शन 

विराटनगर । आज देशका विभिन्न स्थानसँगै विराटनगरमा पनि जेनजीले प्रदर्शन गर्ने भएका छन् । भ्रष्ट्राचार, सामाजिक सञ्जाल बन्द, अभिव्यक्ति स्वतन्त्रताको हननविरुद्ध जेनजीले प्रदर्शन गर्न लागेका हुन् । विराटनगरमा बिहान ११ बजे जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन हुनेछ । यस्तै दिउँसो महेन्द्र चोकमा प्रदर्शन गर्ने जेनजीको तयारी छ । प्रदर्शनका लागि युवाले विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक आह्वान गर...
समन्वय र सहकार्यमा पालिका चलाउन एमाले साँगुरीगढीले गरायो ध्यानाकर्षण

समन्वय र सहकार्यमा पालिका चलाउन एमाले साँगुरीगढीले गरायो ध्यानाकर्षण

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकालाई समन्वय र सहकार्यमार्फत कार्यपालिका सञ्चालन गर्न एमालेले ध्यानाकर्षण गराएको छ । एमाले गाउँपालिका कमिटीले पालिका एकल पार्टीको मात्र नभएकाले समन्वय र सहकार्य गर्न ध्यानाकर्षण गराएको हो । निर्वाचित जनप्रतिनिधि तथा स्थानीय तहमा कार्यरत कर्मचारी सबैले कानुन मान्नुपर्ने र कानुनले निर्दिष्ट गरेको कुरा पालना गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । एमाले...
भेडेटारका २३ होटलमा स्तरीकरणको लोगो टाँसियो, ८ वटालाई सुधार गर्न निर्देशन

भेडेटारका २३ होटलमा स्तरीकरणको लोगो टाँसियो, ८ वटालाई सुधार गर्न निर्देशन

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारमा सञ्चालित ३१ वटा होटल तथा रेष्टुरेन्ट मध्ये २३ वटा स्तरीकरणमा परेका छन् । आठ वटालाई भने सुधार गर्न निर्देशन दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र डिभिजन कार्यालय धनकुटाले गरेको संयुक्त अनुगमनमा २३ वटा होटल तथा रेष्टुरेन्टमा स्तरीकणको लोगो टाँस गरिएको छ । खाद्य स्वच्छताको आधारमा स्तरीकरण गर्ने निर्देशिका २०७४ अनुसार अनु...
सुनसरीमा खोलाले मोटरसाइकल बगाउँदा श्रीमान बेपत्ता, श्रीमती घाइते

सुनसरीमा खोलाले मोटरसाइकल बगाउँदा श्रीमान बेपत्ता, श्रीमती घाइते

सुनसरी । सुनसरीमा खोलाले मोटरसाइकल बगाउँदा एक जना बेपत्ता भएका छन् । बराहक्षेत्र नगरपालिका-१ स्थित दुधपानी खोलाले मोटरसाइकलसहित श्रीमान श्रीमतीलाई बगाएकोमा श्रीमान बेपत्ता भएका हुन् । खोलाले बगाउँदा सर्लाहीको हरिवनका २७ वर्षीय मनिष पञ्चकोटी बेपत्ता भएका सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । उनकी श्रीमती २७ वर्षीय सिलु खड्गीलाई प्रहरीले उद्धार गरेको छ । उनको घरानस्थित बी...
धनकुटाबाट आठ करोड बढीको अलैँची निर्यात

धनकुटाबाट आठ करोड बढीको अलैँची निर्यात

धनकुटा । धनकुटामा अलैँची उत्पादनमा वृद्धि भएको छ । खोल्सीको ‘कालो सुन’ ले परिचित  अलैँची उत्पादनमा वृद्धि भएसँगै निर्यात पनि बढेको छ । आर्थिक वर्ष २०८१/०८२ मा आठ करोड ५० लाख ६३ हजार बढीको अलैँची निर्यात भएको कृषि ज्ञान केन्द्रले धनकुटाले जनाएको छ । ज्ञान केन्द्रका अनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा गतवर्ष ५ दशमलव २ मेट्रिक टन अर्थात एक करोड चार लाख बराबरको अलैँची निर्यात भएको हो । गत आर्थिक...
इलामको सुकिलुम्बा विमानस्थल सुनसान

इलामको सुकिलुम्बा विमानस्थल सुनसान

इलाम । इलाम नगरपालिका-९ मा रहेको फाल्गुनन्द-सुकिलुम्बा विमानस्थल सुनसान छ । जिल्लावासीले विमानस्थल नियमित सञ्चालन हुनपर्ने माग गरिरहेपनि नियमित उडान हुन सकेको छैन । यो विमानस्थलमा गत आर्थिक वर्ष २०८१/८२ मा ३३ उडान भएको थियो । तर अहिले विमानस्थल जहाज उडानको पर्खाइमा छ । गत जेठ यता कुनै पनि उडान हुन सकेको छैन । यो विमानस्थलमा २०७५ जेठ २१ गते तारा एयरको ट्वीनअटर जाहाजले गरेको परीक्षण उडान सफल भएको...
कोशी प्रदेशका पाँचसहित ६१ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट

कोशी प्रदेशका पाँचसहित ६१ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट

विराटनगर । कोशी प्रदेशका पाँचसहित देशभरका ६१ स्थानीय तहले हालसम्म पनि चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्न सकेका छैनन् । ७५३ स्थानीय तहमध्ये ६९२ स्थानीय तहले मात्र बजेट सार्वजनिक गरी कार्यान्वयन गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । स्थानीय तहले असार १० गतेभित्र बजेट सार्वजनिक गरिसक्नुपर्ने प्रावधान छ । तर, ६१ स्थानीय तहले हालसम्म पनि बजेट सार्वजनिक नगरेका हुन् । बजेट...
मानव बेचबिखनविरुद्ध धनकुटामा प्रभातफेरी

मानव बेचबिखनविरुद्ध धनकुटामा प्रभातफेरी

धनकुटा । मानव बेचबिखन विरुद्धको १९ औं राष्ट्रिय दिवसको अवसरमा आज धनकुटामा प्रभातफेरी गरिएको छ । ‘तीनै तहका सरकार मिली गरौँ हातेमालो: मानव बेचविखनको हटाऔं दुष्चक्रको जालो’ भन्ने मूल नारासहित धनकुटा नगरपालिका र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा प्रभातफेरी गरिएको हो । प्रभातफेरीमा कर्मचारी, सुरक्षाकर्मी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत सहभागि थिए । भीमनारायण चोकबाट सुरु भएर...
सिधुवामा रक्तदान, ४० पिन्ट रगत संकलन

सिधुवामा रक्तदान, ४० पिन्ट रगत संकलन

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६  सिधुवामा भएको रक्तदानमा ४० पिन्ट रगत संकलन भएको छ । आज नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । आकस्मिक अवस्थामा सहजै रगत उपलब्ध होस् भन्ने उद्देश्यका साथ रक्तदान गरिएको  रेडक्रस सिधुवा उपशाखाका सभापति निलबहादुर थापाले जानकारी दिए । रक्तदान कार्यक्रममा जनप्रतिनिधि, स्थानीयबासी, सुरक्षा निकायका प्रतिनिधि तथा स...
विराटनगरमा सार्वजनिक बिदा

विराटनगरमा सार्वजनिक बिदा

विराटनगर । विराटनगर महानगरपालिकाले मोहम्मद डेका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव अर्थात मोहम्मद डेका अवसरमा महानगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हो । अत्यावश्यक सेवाबाहेक महानगर अन्तर्गतका सम्पूर्ण कार्यालय बन्द रहने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
विराटनगरमा एक सातादेखि ‘एक चिहान’ नाटक निरन्तर मञ्चन

विराटनगरमा एक सातादेखि ‘एक चिहान’ नाटक निरन्तर मञ्चन

विराटनगर । विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलमा ‘एक चिहान’ नामक नाटकको मञ्चन भइरहेको छ । हृदयचन्द्रसिंह प्रधानको उपन्यासमा आधारित ‘एक चिहान’ नाटक एक सातादेखि निरन्तर मञ्चन भइरहेको छ । माध्यमिक तहको अनिवार्य नेपालीको पाठ्यक्रममा रहेको उपन्यासलाई विद्यार्थीको अध्ययनमा सहयोग पुग्ने उद्देश्यसहित तयारी गरिएको जनाइएको छ । सोही कुरालाई मध्यनजर गर्दै भदौ ११ गतेबाट नियमित नाटक मञ्चन भइरहेको कार्यक्रम...
खोटाङमा बन्दुक देखाएर रकम माग्ने काँग्रेस नेता राईविरुद्ध उजुरी

खोटाङमा बन्दुक देखाएर रकम माग्ने काँग्रेस नेता राईविरुद्ध उजुरी

विराटनगर । खोटाङमा भरुवा बन्दुक देखाएर रकम मागेको आरोप लागेका काँग्रेस खोटाङका जिल्ला कार्यसमिति सदस्य श्यामकुमार राईविरुद्ध उजुरी परेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका राईविरुद्ध डाँका उद्योगसम्बन्धी शीर्षकका बुधबार जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हो । प्रहरीका अनुसार भदौ १६ गते बिहान खार्मीबाट दिक्तेल जाँदै गरेको ना १ ज ४३७२ नम्बरको सुमोलाई बाँस तथा मुढाले सडक अवरुद्ध ...
अख्तियारमा परेका उजुरीको निष्पक्ष छानविन गर्नुपर्नेमा जोड

अख्तियारमा परेका उजुरीको निष्पक्ष छानविन गर्नुपर्नेमा जोड

धनकुटा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा गत आर्थिक वर्षमा एक हजार सात सय ८३ वटा उजुरी परेका छन् । आयोगले बुधबार धनकुटामा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण सुशासन प्रवर्द्धनमा स्थानीय तहको भूमिका विषय अन्तरक्रियामा यो तथ्याङ्क प्रस्तुत गरेको हो । सङ्घीय मामिला सम्बन्धी आठ सय १५, शिक्षा सम्बन्धी तिन सय ६५, भूमि सुधार सम्बन्धी एक सय १३, वन सम्बन्धी ९२, भौतिक सम्बन्धी ९३ र अन्य ...
सुनसरीको झुम्का कारागारमा तीन दिनमा तीन कैदीबन्दीको मृत्यु

सुनसरीको झुम्का कारागारमा तीन दिनमा तीन कैदीबन्दीको मृत्यु

विराटनगर । सुनसरीको झुम्का कारागारमा तीन दिनमा तीन जना कैदीबन्दीको मृत्यु भएको छ । उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र वान्ता हुने जस्ता लक्षण देखिएका कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको हो । बुधबार दिउँसो अचानक बेहोस भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएका सप्तरीको राजविराज-८ का ४६ वर्षीय जलेश्‍वर यादवको बुधबार साँझ उपचारका क्रममा मृत्यु भएको छ । कारागार प्रशा...
मोरङको रतुवामाईबाट ब्राउन सुगरसहित सशस्त्रका हवल्दार पक्राउ

मोरङको रतुवामाईबाट ब्राउन सुगरसहित सशस्त्रका हवल्दार पक्राउ

विराटनगर । मोरङबाट लागूऔषध ब्राउन सुगरसहित सशस्त्र प्रहरीका हबल्दार पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज घर भएका सशस्त्र प्रहरीका हवल्दार ३६ वर्षीय मनिष गिरी छन् । प्रहरीका अनुसार रतुवामाई नगरपालिका-१ चुनीमारीस्थित सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म बरडंगामा कार्यरत उनलाई सशस्त्रले नै पक्राउ गरेको हो । सशस्त्र प्रहरीले गएराति नियन्त्रणमा लिएर अनुसन्धानका लागि न...
भोजपुरमा प्रहरीले फाँड्यो आठ हजार बोट गाँजा

भोजपुरमा प्रहरीले फाँड्यो आठ हजार बोट गाँजा

भोजपुर । भोजपुरका विभिन्न स्थानमा एक साताको अवधिमा प्रहरीले आठ हजार बोट गाँजा नष्ट गरेको छ । गाँजाका बोट तथा बेर्नाहरू फडानी गरेर नष्ट गरिएको प्रहरीले जनाएको छ । डाँडा पाखामा अवैध रुपमा लगाइएको तथा आफै उम्रेका गाँजाका बोटहरू नष्ट गर्ने अभियान प्रहरीले सञ्चालन गरिरहेको छ । सोही अभियान अन्तर्गत यो साता हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकाको विभिन्न वडामा करिव ४३ रोपनी क्षेत्रफलको ४ हजार २ सय बो...
ताप्लेजुङमा बाढीले जलविद्युत आयोजनामा क्षति पुऱ्याउँदा दुई सय परिवार विद्युतविहीन

ताप्लेजुङमा बाढीले जलविद्युत आयोजनामा क्षति पुऱ्याउँदा दुई सय परिवार विद्युतविहीन

विराटनगर । ताप्लेजुङमा बाढीले जलविद्युत आयोजनामा क्षति पुऱ्याउँदा दुई सय घरपरिवार विद्युतविहीन भएका छन् । फक्ताङलुङ गाउँपालिका-६ लेलेपमा रहेको थाक्पाखोला लघु जलविद्युत आयोजनामा सोमबार राति आएको बाढीले ५० किलोवाट क्षमताको लघुजलविद्युत आयोजनामा क्षति पुर्याएको हो । गत असार अन्तिम सातामा आएको बाढीले क्षति पुर्याएको विद्युतको पुनः निर्माण गरी सञ्चालनमा आएको दुई सातामै बाढीले क्षति पुर्याएको वडा नम...
धनकुटाका स्थानीय तहको वार्षिक समीक्षा सुरु

धनकुटाका स्थानीय तहको वार्षिक समीक्षा सुरु

धनकुटा । धनकुटामा स्थानीय तहको अभ्यास सम्बन्धी अनुभव आदानप्रदान तथा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा गोष्ठी आजदेखि सुरु भएको छ । पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार राईको उपस्थितिमा गोष्ठी सुरु भएको हो । सांसद राईले जिल्लामा सञ्चालित बजेट योजनाको प्रगति समीक्षा भएकाले स्थानीय तहका जनप्रतिनिधि, कार्यालय प्रमुख र प्रशासकीय अधिकृतहरूको अनिवार्य उपस्थिति नदेखिएको भन्दै ...
सुनसरीबाट ब्राउन सुगरसहित एक जना पक्राउ

सुनसरीबाट ब्राउन सुगरसहित एक जना पक्राउ

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-५ बाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय सागर राई छन् । लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले झुम्का बजारस्थित दिदीको घरमा बसिरहेको अवस्थामा उनलाई पक्राउ गरको हो । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार उनको साथबाट एक सय पाँच ग्राम पाँच सय ६० मिलिग्राम ब्राउन सुगर बरामद भएक...
error: Content is protected !!