भयरहित वातावरणमा चुनाव हुने अवस्था बनिसकेको छैन: एमाले सचिव कार्की
विराटनगर । नेकपा एमालेका सचिव हिक्मतकुमार कार्कीले अझै पनि चुनावका लागि उपयुक्त वातावरण निर्माण भइनसकेको बताएका छन् । प्रेस चौतारी मोरङले आज विराटनगरमा आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सचिव कार्कीले यस्तो बताएका हुन् ।
कोशी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता कार्कीले शान्तिपूर्ण र भयरहित वातावरणमा चुनाव हुने अवस्था सृजना भइनसकेकाले तोकिएको समयमै चुनाव हुनेमा प...































