ससुराली पुगेर पत्नीको हत्या गरेका पतिद्वारा आत्महत्या
विराटनगर । मोरङको रंगेली नगरपालिका-५ बहुवनमा पत्नीको हत्यापछि पतिले आत्महत्या गरेका छन् । आज बिहानको राति २ः४५ बजेतिर अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले सोही वडाको धनपट्टीस्थित ससुराली घरमा पत्नी अम्बिकाकुमारी मण्डलको हत्या गरेका हुन् ।
मोरङ प्रहरीका डीएसपी लिलाराज लामिछानेका अनुसार मुकेश सोमबार बेलुका ससुराली गएका थिए । घरेलु विवादका क्रममा कुटपिट गर्दै मुकेशले पत्नीलाई चक्कु प्रहार गरेको प्...































