ओलीले बैशाखमा चुनाव गर्दैनन् : डा.शर्मा
मोरङ । नेपाली काँग्रेसका महासमिति सदस्य डा.सुनिल शर्माले आगामी बैशाखमा कुनैपनि हालतमा चुनाव नहुँने दावी गरेका छन् । संसद विघटनको विरोधमा नेपाली काँग्रेस मोरङ क्षेत्र नं.३ ले बेलबारीमा गरेको विरोध सभालाई संवोधन गर्दै डा.शर्माले यस्तो दावी गरेका हुन् ।
बैशाखमा चुनाव गराउँदा प्रधानमन्त्री केपी ओली पक्षको २० सिट पनि नकट्ने दावी गर्दै नेता शर्माले आफ्नो पक्षमा जनलहर नभएका बेला ओलीले कुनैपनि हालतमा च...






























