सिटी सफारी पल्टिँदा एक जनाको मृत्यु
सुनसरी । सुनसरीको कोशी गाउँपालिका–२ मा सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ ह ११६३ नम्बरको सिटी सफारी सोमबार साँझ करिब ५ बजे अनियन्त्रित भई पल्टिएको हो ।
दुर्घटनामा परी सिटी सफारीमा सवार सोही स्थानका ७४ बर्षीय फरेबी यादव र बराहक्षेत्र–११ की २३ बर्षीय सबिना माझी घाइते भएका थिए । घाइते यदवलाई उपचारका लागि विराटनगरस्थित नोब...


























