सुनसरी । सुनसरीको कोशी गाउँपालिका–२ मा सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ ह ११६३ नम्बरको सिटी सफारी सोमबार साँझ करिब ५ बजे अनियन्त्रित भई पल्टिएको हो ।
दुर्घटनामा परी सिटी सफारीमा सवार सोही स्थानका ७४ बर्षीय फरेबी यादव र बराहक्षेत्र–११ की २३ बर्षीय सबिना माझी घाइते भएका थिए । घाइते यदवलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र माझीलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारकै क्रममा गएराती ११ः४५ बजे यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । माझीको उपचार भइरहेको छ ।
सिटी सफारी र चालक कोशी गाउँपालिका–२ का २० बर्षीय रंजित यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा लिएको छ ।
















