संगालोखबर सम्वाददाता

मोरङ । मोरङको बेलबारीका छुट्टा–छुट्टै स्थानबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । झापाको बुद्धशान्ति गाउँपालिका–५ का ३४ बर्षीय खेम मगर र मेचीनगर–३ का ३९ बर्षीय लोकबन्धु दर्नाललाई प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

Advertisement

इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका–१० स्थित लक्ष्मीमार्गबाट शुक्रबार अपरान्ह ४ बजे मगरलाई पक्राउ गरेको हो । उनको साथबाट ब्राउन सुगर १ ग्राम ६७ मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मगरले अनुसन्धानको क्रममा लोकबन्धु दर्नालबाट ब्राउन सुगर खरिद गरेको बयान दिएपछि सोही आधारमा खटिएको प्रहरीले बेलबारी–३ पशुहटियाबाट दर्नाललाई पक्राउ गरेको हो । उनको साथबाट ब्राउन सगुर ९ ग्राम ९३ मिलिग्राम बरामद भएको छ ।

प्रदेश १ को मोरङ, सुनसरी र झापामा लागुऔषध कारोवारमा संम्लग्न व्यक्तिहरु दैनिक जसो पक्राउ परिरहेका छन् । यसले पनि यी जिल्लामा ठूलो मात्रामा लागुऔषध कारोवार हुँने गरेको संकेत गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!