संगालोखबर सम्वाददाता
फायल तस्वीर

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । अख्तियारको केन्द्रिय कार्यालय र क्षेत्रिय कार्यालय इटहरीको टोलीले प्रतिष्ठानमा छापा मारेको हो ।

छापा मारेर अख्तियारको टोलीले केही कागजात नियन्त्रणमा लिएको छ । छापा मार्नका लागि अख्तियारबाट ६ जनाको टोली प्रतिष्ठान पुगेको थियो । प्रतिष्ठानमा अनियमितता बढेको भन्दै चिकित्सक तथा कर्मचारीहरुले आन्दोलन गर्दै आएका छन् । औषधि, उपकरण, इन्टरनेट, बिधुत आपुर्ति तथा कोभिडको समयमा दिएको अत्तिरित्त भत्तामासमेत भ्रष्ट्राचार भएको भन्दै चिकित्सक तथा कर्मचारीहरु आन्दोलित भइरहेका बेला छापा मारेर अख्तियारले कागजात लगेको हो ।

Advertisement

उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरी र रजिष्ट्रार डाक्टर मोहन चन्द्र रेग्मी आएपछि भ्रष्ट्राचार बढेको आन्दोलनरत पक्षको आरोप छ । आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारले गठन गरेको टोलीले पनि प्रतिष्ठानमा भ्रष्ट्रचार बढेको ठहर गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!