संगालोखबर सम्वाददाता

धनकुटा । राष्ट्रिय समाचार समितिका नवनियुक्त महाप्रबन्धक सिद्धराज राईलाई शुक्रबार गृह जिल्ला धनकुटामा सम्मान गरिएको छ । नेकपा एमाले जिल्ला कमिटी धनकुटा र प्रेस चौतारी धनकुटाले महाप्रबन्धक राईलाई सम्मानसहित वधाई ज्ञापन गरेको हो ।

Advertisement

पार्टी कार्यालय सिरवानीमा आयोजित कार्यक्रममा एमाले जिल्ला अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र राई र प्रेस चौतारीका जिल्ला अध्यक्ष सन्तोष रुचालले सम्मान–पत्र र दोसल्ला ओढाएर राईलाई सम्मानित गरेका हुन् ।

कार्यक्रममा सहभागिहरुले राईलाई वधाई ज्ञापन गरे ।

प्रेस चौतारी धनकुटाका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य राई मन्त्रीपरिषदको निर्णय अनुसार राससको महाप्रबन्धकमा नियुक्त भएका हुन् । उनले असार १० गते पदभार ग्रहण गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!