झापा । झापाको बाह्रदर्शी गाउँपालिका–७ सिमल चौकस्थित भित्री सडकखण्डमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । मृत्यु हुनेमा धनुषा गणेशमान चारनाथ नगरपालिका घर भई कंकाईमाई नगरपालिका–८ बस्ने ३२ बर्षीया सरस्वती मगर छन् ।
गएराती साढे १० बजे उत्तरतर्फ जाँदै गरेको प्रदेश–१–०१–०१२ प १९४२ नम्बरको स्कुटीलाई प्रदेश १–०१–००१ च ७२७७ नम्बरको कारले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा स्कुटी चालक स्थानीय २८ बर्षीया प्रमिता कार्की र पछाडि सवार सरस्वती घाइते भइका थिए । उनीहरुलाई उपचारका लागि वीएण्डसी अस्पतालमा पुर्याउने बित्तिकै सरस्वतीको मृत्यु भएको हो । प्रमिताको भने उपचार भइरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
कार र चालक ईलामको जोगमाई–२ का २४ बर्षीय जंग बहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
















