संगालोखबर सम्वाददाता

विराटनगर । कोरोना भाइरसका कारण बिद्यालयहरु बन्द हुँदा अनलाइन माध्यमबाट भएपनि बिद्यालयहरुले पठन पाठन गराइरहेका छन् । प्रविधि सम्बन्धि ज्ञान नभएपनि शिक्षकहरुले बाध्यताका कारण जुममार्फत बिद्यार्थीलाई पढाउँने गरेका छन् । प्रविधिमा ज्ञान कम भएकै कारण शैक्षिक सामाग्रीहरु निर्माण गर्न शिक्षकलाई कठिन भइरहेका बेला प्रविधिमैत्रि शिक्षक समाज नेपालले शिक्षकहरुलाई अनलाइन माध्यबाट तालिम दिने व्यवस्था मिलाएको छ ।

Advertisement

धेरै शिक्षक शिक्षिकाहरु कम्प्युटर, ल्यापटप चलाउन नजान्ने भएकै कारण पठन पाठनमा समस्या भएको निष्कर्ष निकाल्दै शिक्षक शिक्षिकहरुलाई मोवाइलबाट शैक्षिक सामाग्री बनाउन सिकाइदैछ । ‘तालिम र ज्ञान अभावकै कारण पठन पाठनमा समस्या भएको हो,’ प्रविधि शिक्षक समाजका प्रदेश १ सचिव छत्रपति दाहाल भन्छन्, ‘सर मिसहरुलाई पनि परिस्थितिले प्रविधि सिक्न बाध्य बनायो ।’

१ हजार भन्दा वढी शिक्षक शिक्षिका तालिममा सहभागि हुने गरेका छन् । शिक्षक शिक्षिकहरुलाई प्रविधिको बिकास गराउन समाजले बिज्ञहरु वोलाएर तालिम दिने गरेको प्रविधि शिक्षक समाजका मोरङ अध्यक्ष चेतनाथ निरौलाले बताए । उनका अनुसार डाक्टर दोभान राई, टक प्रसाद गौतम, प्राध्यापक डाक्टर शुवर्ण शाक्य, सुर्यराज घिमिरे, कृष्ण प्रसाद पोख्रेल, भुपेन्द्र कोइराला र राजेन्द्र बुढाथोकी लगायतका बिज्ञहरुलाई बोलाएर तालिम दिइएको छ ।

तालिमले बिद्यार्थीहरुलाई पठन पाठन गराउन सहज हुने बताइएको छ । कसरी पठन पाठन गराउँदा बिद्यार्थीलाई सहज बनाउन सकिन्छ भनेरसमेत समाजले पटक–पटक छलफल कार्यक्रम गर्ने गरेको समाजका प्रदेश अध्यक्ष बाल कुमार रेग्मीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!