संगालोखबर सम्वाददाता

धनकुटा । गत आर्थिक बर्षमा गरिएका कामको छथर जोरपाटी गाउँपालिकाले समिक्षा गरेको छ । पालिकाले गत आर्थिक बर्ष ०७७/०७८ मा आफैले गरेका कामको बिहिबार एक कार्यक्रमको आयोजना गरी आफै समिक्षा गरेको हो ।

Advertisement

कार्यक्रममा पालिकाका कर्मचारीहरुले आ–आफ्नो शाखाबाट सम्पादन भएका कामको प्रगति विवरण पेश गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य शिव आङ्ला लिम्बूले छथर जोरपाटी गाउँपालिका कार्य सम्पादनका हिसावमा अब्बल रहेको भन्दै प्रशंसा गरे ।

त्यस्तै दलहरुका तर्फबाट बोल्दै नेकपा एमाले छथर जोरपाटीका अध्यक्ष ईन्द्र सारु मगरले एक वडा अध्यक्ष बाहेक पालिकाका सवै जनप्रतिनिधि एमालकै भएपनि बिकासका सवालमा पार्टीहरुबीच विभेद नगर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिइएको जानकारी दिए । कार्यक्रममा पालिकाका प्रशासकीय अधिकृत तुलराज थापा मगरले कर्मचारीहरुको कामको तारिफ गर्दै विकास निर्माणका क्षेत्रमा जनप्रतिनिधिहरुको उत्साह र सहयोगको प्रशंसा गरे ।

गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले आफू निकट दलसहित बिपक्षी दलहरुको समेत साथ सहयोग मिलेकाले विकास निर्माणका हिसावमा छथर जोरपाटी गाउँपालिका प्रदेशमै अब्वल ठहरिएको बताए । उनले प्रदेशको अनुगमन समिति र कतिपय केन्द्रीय तहबाटसमेत पालिकालाई अब्वल रहेको ठहर गरिएको जानकारी दिए । उनले पालिकाको नीति तथा कार्यक्रम पारित गर्ने, बार्षिक बजेट निर्माण गर्ने लगायत महत्वपूर्ण गतिविधिमा सरोकारवाला सबैलाई सहभागि गराउँने र उनीहरुबाट राय लिएर सबैको सल्लाह, सुझाववाट अघि बढिरहेको बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!