
उदयपुर । उदयपुरमा भीरबाट लड्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा रौतामाई गाउँपालिका–८ का ३० बर्षीय चन्द्र बहादुर रिखाम मगर छन् ।
बुधबार पुवारे भञ्ज्याङ गएका मगर आज बिहानसम्म पनि घर नफर्किएपछि आफन्तले खोजी गरेका हुन् । खोजीकै क्रममा पुवारे भञ्ज्याङको भीरबाट लडेको अवस्थामा उनको शव फेला परेपछि उनीहरुले प्रहरीलाई खबर गरेका हुन् ।
ईलाका प्रहरी कार्यालय रौतामाई र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट टोली घटनास्थल गएको छ ।















