धनकुटा । वालिकालाई बलात्कार गरेको आरोपमा धनकुटा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सात बर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा धनकुटा नगरपालिका–५ का ५५ बर्षीय इन्द्रबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।
वालिकाका आफन्तले किटानी जाहेरी दिएपछि राईलाई घरबाटै पक्राउ गरिएको धनकुटाका प्रहरी निरीक्षक काँसीनाथ रेग्मीले जानकारी दिए । ती वालिका राईको घरमा गएका बेला उनले बलात्कार गरेको आरोप छ । वालिकाले साथीहरुलाई यो विषय बताएपछि सोही माध्यमबाट घटना सार्वजनिक भएको हो ।
राईको घरमा श्रीमतीसहित सन्तान पनि छन् । पक्राउ परेका राईविरुद्ध प्रहरीले जबरजस्ती करणी कसुरमा मुद्दा दायर गरेर कारबाही प्रकृया अघि बढाएको छ ।