मोरङ । मोरङको जहदा गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर १० बर्षीय बालकको मृत्यु भएको छ । जहदा–३ जयरामपुरका रबिया ऋषिदेवका छोरा गोलु ऋषिदेवको डुबेर मृत्यु भएको हो ।
शुक्रबार साँझ करिब ५ बजे उनी साथीहरुसँग खद्रा खोलामा पौडी खेल्न गएका थिए । सोही क्रममा उनी डुबेका हुन् । डुबेर गम्भीर अवस्थामा पुगेका उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याउँनासाथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
















