भोट फकाउन तरकारीको बीउ
खोटाङ, १० कात्तिक । आगामी मंसिर १० गते हुने निर्वाचनमा नयाँ शक्ति नेपालबाट खोटाङमा उम्मेदवार बन्नुभएका मदन राईले तरकारीको बीउ दिएर भोट मागिरहेका छन्।
गत कात्तिक ५ गते प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेर चुनावी अभियानमा लागेका राईले जिल्लाका हरेक स्थानीय तहमा आफ्ना कार्यकर्ता खटाएर रायो, मूला र केराउको बीउ बाँड्न लगाएका हुन्।
तरकारीको बीउ लिएर जनताको घरदैलोमा पुगेका कार्यकर्ताले रा...



























