छोरा नभएपछि धेरै सन्तान जन्माउन बाध्य
बनियानी, झापा, २४ जेठ । कनकाई नगरपालिका–५ मण्डल बस्तीकी सीता मण्डल २५ वर्षकी हुनुहुन्छ । उमेरकै हिसाबले भर्खर बिहे गर्ने समय भएपनि उहाँले चार सन्तानलाई जन्म दिइसक्नु भएको छ ।
सानै उमेरमा अभिभावकले विवाह गरिदिएपछि उहाँ उमेर नहुँदै आमा बन्नुभयो । त्यसमा पनि चार सन्तानलाई जन्म दिइसक्नुभएकी उहाँले पाँचौँ सन्तान पनि जन्माउनु पर्ने बाध्यता आइपरेको छ । यो बाध्यताको कारण हो, उहाँका चारै सन्तान छोरी हुनु ...





























