राजविराज, २४ जेठ। सप्तरीको बोदेबरसाइन नपा–३ का ४२ वर्षीय जयप्रकाश यादवलाई आफ्नै श्रीमतीको हत्या अभियुक्तमा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद सजाय गरेको छ ।

न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले हत्या आरोपित यादवलाई सर्वस्वसहित जन्मकैद सजाय गरेको अदालतले बुधबार जनाएको छ । ४० वर्षीया पत्नी ललितादेवी यादवको हत्या गरेको आरोपमा उनलाई सर्वस्वसहित जन्मकैद सजाय गरेको अदालतबाट बुझिएको छ ।

Advertisement

बोदेबरसाइन नपा–३ स्थित जोगेन्द्र गोडाहान यादवको खेतमा गत कात्तिक २८ गते धान काट्न गएकी ललिताको हातबाट हँसिया खोसेर घाँटी रेटी जयप्रकाशले पत्नीको हत्या गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!