संगालोखबर सम्वाददाता

धनकुटा, २१ जेठ । धनकुटामा हस्तकला प्रशिक्षक उत्पादन गर्ने उदेश्यले हस्तकला प्रशिक्षण कार्यशाला सञ्चालन गरिएको छ ।

Advertisement

हाम्रो बहुमुखी पाठशालाको स्थानीय व्यवस्थापन सहयोग तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, हस्तकला विभागको आयोजनामा आईतबारबाट चार दिने कार्यशाला सुरु भएको हो ।

कार्यक्रममा कपडाको फ्लोवर भेष हस्तकला प्रशिक्षण हुने हाम्रो बहुमुखि पाठशालाका संयोजक सरोज भूजेलले जानकारी दिए । कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले सिर्जनशील काम गर्नेलाई सधै प्रोत्साहन गरिने बताए ।

नेपाल ललितकला प्रतिष्ठानकी प्रमुख प्राज्ञ सुष्माराज भण्डारी, नेपाल संगित नाट्य प्रतिष्ठान नृत्य विभाग प्रमुख प्राज्ञ माधव प्रधान, उद्योग वाणिज्य संघकी उपाध्यक्ष तारा तितुङ, गैरसरकारी संस्था महासंघकी उपाध्यक्ष संगीता चापागाँई, कुशुम सिप विकास प्रशिक्षण केन्द्रकी प्रमुख कुशुम राना, सञ्चारकर्मी ईश्वर थापा लगायतले हस्तकलाको संभावना राम्रो रहेकाले यसको बिकासमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!