- संगालोखबर सम्वादाता

विराटनगर, २१ जेठ । धनकुटाको बिकासका लागि जिल्लाबासीले मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाएका छन् । हरेक हिसावले उपयुक्त भएपनि धनकुटालाई प्रादेशिक राजधानी नबनाईएको प्रति बिरोध जनाउँदै आएका जिल्लाबासीले मुख्यमन्त्री राईसमक्ष ज्ञापनपत्र बुझाउँदै जिल्लाको बिकासमा ध्यान दिन आग्रह गरेका हुन् ।

Advertisement

धनकुटा बजार ब्यवस्थापन समितिको अगुवाईमा बिराटनगर पुगेको धनकुटेलीको टोलीले प्रादेशिक राजधानी नबनाईदा धनकुटामा सन्नटा छाएको प्रति ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा धनकुटाको बिकासका लागि विभिन्न कार्यक्रमहरुकासाथ पूर्वी पहाडी जिल्ला स्तरका कार्यालयहरु धनकुटामा तत्काल राख्न माग गरिएको छ ।

धनकुटामा १ नम्वर प्रदेश स्तरीय मेडिकल कजेल र इन्जिनियरिङ्ग कजेल स्थापना गर्न माग गरिएको छ । त्यस्तै पूर्वी पहाडी जिल्ला हर्नेगरी यातायात कार्यालय, आन्तरिक राजश्व, परिक्षा बोर्ड, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, श्रम लगायत कार्यालय धनकुटामा स्थापना गरी सेवा प्रवाह शुरु गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाईएको हो ।

प्रदेश सभाका सांसद लिला सुब्बा, धनकुटा बजार व्यवस्थापन समितिका अध्यक्ष विप्लब श्रेष्ठ, धनकुटा बजार व्यवस्थापन समतिका सल्लाहकारहरु जयन्द्र प्रधान, विजय सन्तोषी राई, पत्रकार लिलाबल्लब घिमिरे लगायतको टोलीले ज्ञापनपत्र बुझाएको थियो ।

धनकुटाको बिकासमा पहल गर्ने मुख्यमन्त्रीको आश्वासन

धनकुटाको टोलीले बुझाएको ज्ञापनपत्र बुझ्दै १ नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईले धनकुटाको विकास र समृद्धीका लागि पहल गर्ने बताएका छन् ।

मुख्यमन्त्री राईले धनकुटाको इतिहास र गौरव कायम गर्न प्रदेश प्रमुखको कार्यालय लगायत पूर्वी पहाडी जिल्लाहरु हेर्ने गरी यातायात, आन्तरिक राजश्व कार्यालय, परिक्षा बोर्ड लगायत कार्यालयहरु धनकुटामा राख्न सवैसंग परार्मश गर्ने आश्वासन दिएको धनकुटा बजार ब्यवस्थापन समितिका सल्लाहकार बिजय सन्तोषी राईले संगालोखबरलाई जानकारी दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!