आगलागीबाट तीन लाखको क्षति

आगलागीबाट तीन लाखको क्षति

विराटनगर, २० जेठ । मोरङको बेलबारी–८ को बुधबारेमा शनिबार साँझ आगलागी हुँदा एक परिवारको रु तीन लाख मूल्यको सम्पत्ति जलेर नष्ट भएको छ । सो आगलागीबाट कुमार थापाको काठ र टिनले बनेको दुईतले घर, घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न र भाँडावर्तन जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ । स्थानीय, प्रहरी र दमकलको मद्दतले आगलागी नियन्त्रणमा आएको थियो । विद्युत्...
निशानको नवाह ज्ञान महायज्ञको आय व्यय सार्वजनिक

निशानको नवाह ज्ञान महायज्ञको आय व्यय सार्वजनिक

धनकुटा, १९ जेठ । धनकुटाको निशान मन्दिरमा सञ्चालन भएको श्रीमद् देवी भागवत पुराण नवाह ज्ञान महायज्ञको आय व्यय सार्वजनिक गरिएको छ । महायज्ञ मुल समारोह समितिले पत्रकार सम्मेलन तथा प्रतिवेदन सार्वजनिक कार्यक्रम गरेर आय ब्याय सार्वजनिक गरेको हो । महायज्ञमा ४२ लाख १५ हजार ७ सय संकलन भएको मुल समारोह समितिका कोषाध्यक्ष तथा आर्थिक समिति संयोजक द्रोर्ण गुरागाईले जानकारी दिए । उनका अनुसार महायज्ञमा १४ लाख ...
प्रदेश १ मा बजेटका प्राथमिकता बारे छलफल सुरु

प्रदेश १ मा बजेटका प्राथमिकता बारे छलफल सुरु

विराटनगर, १८ जेठ । प्रदेश १ को प्रदेश सभामा आर्थिक वर्ष ०७५/७६ को बजेटको लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि शुक्रबारदेखि छलफल शुरु भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङम्बोले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गरियोस् भनी शुक्रबारको बैठकमा प्रस्तुत गरेका थिए । प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सत्तापक...
डा दम्पत्ति बिरामी भएपछि हेरचाहका लागि कुरुवासमेत कोहि छैनन्

डा दम्पत्ति बिरामी भएपछि हेरचाहका लागि कुरुवासमेत कोहि छैनन्

सुरुङ्गा, झापा, १८ जेठ ।  एक रुपैयाँ पनि उपचार शुल्क नलिई २५ वर्षसम्म निरन्तर बिरामीको सेवामा समर्पित रहनुहुने एक जना चिकित्सक दम्पत्ति रोगले थालापरेपछि अहिले उनको हेरचाह गर्ने कोहि छैन् । श्रीमान्को भारतको सिलगढी स्थित आनन्दलोक अस्पतालमा आन्द्राको शल्यक्रिया गरिएको छ भने श्रीमतीको दुवै मिर्गाैलाले काम गर्न छाडेपछि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । तर दुबै जनाको हेरचाहका लाग...
महाधिवेशन गरेर सभापति हटाउने पक्षमा छैनौँ : डा. कोईराला

महाधिवेशन गरेर सभापति हटाउने पक्षमा छैनौँ : डा. कोईराला

संखुवासभा, १८ जेठ । काँग्रेस नेता डा. शेखर कोईरालाले आफुहरू बिशेष महाधिवेशन गरेर सभापति शेरबहादुर देउवा हटाउने पक्षमा नरहेको स्पष्ट पारेका छन् । उनले बिधान अनुसार महाधिवेशन गरेर पार्टीलाई पुनर्जीवन दिनुपर्ने उनको भनाई छ । ‘पार्टी नेतृत्व बिधान अनुसार हिड्नुहोसे यदि यदी बिधान अनुसार हिड्न सक्नुहुन्न भने सहमति अनुसार हिड्नुहोस’  काँग्रेस संखुवासभाले खाँदबारीमा आयोजना गरेको अभिमुखीकरण गोष्ठीलाई स...
नेम्वाङले राजेन्द्र राईलाई संसदमा बोल्न नदिएपछि…

नेम्वाङले राजेन्द्र राईलाई संसदमा बोल्न नदिएपछि…

काठमाडौँ, १८ जेठ ।  सरकारले प्रस्तुत गरेको बजेटमाथि बोल्न पाउँ भन्दै धनकुटाबाट निर्वाचित नेकपाका सांसद् राजेन्द्र राईले समय माग गर्दै उभिएका थिए । तर, नेकपाका नेता सुवासचन्द्र नेम्वाङले राईलाई बोल्न नदिएपछि अरु सांसद्हरु समेत अलमलमा परेका छन् । बुधबार दिउँसो संघीय संसद् भवन नयाँ बानेश्वरमा नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठक बोलाइएको थियो । सांसद्हरुले केही बोल्न पाइएला भन्ने सोचेका थिए ...
मिक्लाजुङ गाउँपालिका खुल्ला दिसामुक्त घोषणा

मिक्लाजुङ गाउँपालिका खुल्ला दिसामुक्त घोषणा

  मोरङ, १८ जेठ । मोरङको मिक्लाजुङ गाउँपालिकालाई खुला दिसामुक्त र पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाको प्रांगणमा बिहीबार आयोजित एक भव्य कार्यक्रमका बीच जिल्ला समन्वय समिति, मोरङका प्रमुख नरेश पोखरेलले गाउँपालिकालाई खुला दिसामुक्त र पूर्ण खोपयुक्त भएको घोषणा गर्नुभएको हो । मिक्लाजुङ गाउँपालिकाको साविकका रमितेखोला, जाँते र मधुमल्ला गाबिस यसअघि नै खुला दिसामुक्त भइसकेका ...
पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु

पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङ, १८ जेठ । मोरङको सुन्दरहरैँचा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान पिकअप गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बिहान ५ः३० बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ च ५४१४ नम्बरको पिकअप गाडीले ठक्कर दिँदा सोही ठाउँका ५० वर्षीय महेश चौधरीको मृत्यु भएको हो । पिकअपको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रम...
उदयपुरमा चट्याङ लागेर तीन जनाको मृत्यु

उदयपुरमा चट्याङ लागेर तीन जनाको मृत्यु

उदयपुर, १७ जेठ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा बिहीबार साँझ वर्षासंगै परेको चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाईते छन् । चट्याङ लागेर लिम्चुङबुङ–२ ताम्लिछा गैरीगाउँका ६३ वर्षीय धनप्रताप राई, ८ वर्षीया बिष्णुमाया भुजेल र ११ बर्षीय कौशल भुजेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । चट्याङ लागेर ६ बर्षीय रिजकु भुजेल घाईते भएका छन् । घाईतेलाई उपचा...
धनकुटामा लागुऔषध दुर्ब्यसनी र घरेलु हिंसा बिरुद्ध सचेतनामूलक कार्यक्रम

धनकुटामा लागुऔषध दुर्ब्यसनी र घरेलु हिंसा बिरुद्ध सचेतनामूलक कार्यक्रम

धनकुटा, १७ जेठ । धनकुटा नगरपालिका–३ मा बिहिबार लागुऔषध दुर्ब्यसनी र घरेलु हिंसा विरुद्ध सचेतनामूलक कार्यक्रम गरिएको छ । वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा लागुपदार्थ दुर्ब्यसनीको वारेमा जानकारी गराउँदै त्यसले मानव स्वास्थ्यमा पार्ने प्रभाव, पारिवारिक संकट र सामाजिक असरका वारेमा बताईएको थियो । त्यस्तै घरेलु हिंसा, हिंसाको उजुरी, कसुरमा हदम्याद, दण्ड सजाय लगायतको विषयमा पनि छलफल गरियो । का...
धनकुटामा सञ्चालित दुई तालिमको अनुगमन

धनकुटामा सञ्चालित दुई तालिमको अनुगमन

धनकुटा, १७ जेठ । धनकुटा नगरपालिकामा चालु आर्थिक वर्षमा सञ्चालित दुई वटा सिपमुलक तालिमको अनुगमन गरिएको छ । स्विस कन्ट्याम्टको सहयोगमा पाथीभरा हिमालयन पोलिटेक्निक इस्टिच्युट इटहरीको आयोजना तथा जिल्ला युवा समितिको संयोजनमा सञ्चालित तीन महिने विल्डिङ वाइरिङ तालिम र तीन महिने सिलाई बुनाई तालिमको अनुगमन गरिएको हो । जिल्ला युवा समितिका अध्यक्ष अर्जुन छारा, पाथीभरा हिमालयन पोलिटेक्निक इस्टिच्युटका जिल...
धनकुटा कारागारबाट पाँच जना कैदीबन्दी मुक्त

धनकुटा कारागारबाट पाँच जना कैदीबन्दी मुक्त

धनकुटा, १७ जेठ । गणतन्त्र दिवसको अवसरमा जिल्ला कारागार धनकुटाबाट पाँच जना कैदीले बाँकी कैद सजाय छुट पाएर मुक्त भएका छन । कैदमुक्त हुनेमा एक महिला र चार पुरुष छन् । हात्तिखर्कका श्यामबहादुर लिम्बु, फलाटेका दशरथ कटुवाल, मारेककटहरेका बल भनिने बालकुमार श्रेष्ठ, लेगुवाका फडिन्द्र तामाङ्ग र मुढेवासकी आशमाया लिम्बु कैदमुक्त भएका हुन् । लिम्वु किर्ते मुद्धाको कसुर, कटुवाल सवारी ज्यान कसुर, श्रेष्ठ ज्य...
धनकुटामा प्रजातान्त्रिक आन्दोलनका सेनानीको सालिक निर्माण

धनकुटामा प्रजातान्त्रिक आन्दोलनका सेनानीको सालिक निर्माण

धनकुटा, १७ जेठ । प्रजातान्त्रिक आन्दोलनका सेनानीका रुपमा चिनिने धनकुटाका दगलसिंह सेन लिम्बुको सालिक निर्माण गरिएको छ । साँगुरीगढी गाउँपालिका–५ हात्तिटारको चौविसे उद्यानमा लिम्बुको पूर्णकदको सालिक निर्माण गरिएको हो । १ नं. प्रदेश प्रमुख डा.गोविन्द सुब्बाले सालिक अनावरण गरेका हुन् । सोहि अवसरमा प्रदेश प्रमुख सुब्बाले स्वर्गीय सेनानी लिम्बुका छोरा जनकसिंह सेन लिम्बुद्धारा सम्पादित ‘दगलसिंह सेन एक ...
बाँदरका कारण किसानको खेतमै बास

बाँदरका कारण किसानको खेतमै बास

खोटाङ, १७ जेठ । पाक्न लागेको मकै बाँदरले नष्ट गर्न थालेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ चिउरीडाडाँका किसान बारीमै बास बस्न बाध्य छन् । चिउरीडाँडास्थित सल्लेडाँडाका किसानले लगाएको मकै सुत्ला च्याप्दादेखि नै बाँदरले नष्ट गर्न थालेपछि धपाउन बारीमै पाल हालेर बास बस्न थालेका हुन् । गत वर्षदेखि बाँदरले मकैलगायत अन्य बाली नष्ट गर्न थालेपछि दोर्पाचिउरीडाँडाका किसान हैरान भएका छन् । जंगलमा केही...
मदन भण्डारी राजमार्ग बन्ने भएपछि बाहुनडाँगीमा खुशीयाली

मदन भण्डारी राजमार्ग बन्ने भएपछि बाहुनडाँगीमा खुशीयाली

काँकडभिट्टा, १७ जेठ । सरकारले झापादेखि डडेल्धुरा जोड्ने मदन भण्डारी राजमार्ग बनाउन ठूलो राशिको बजेट छुट्याएपछि यो मार्गको प्रस्थानविन्दु झापाको बाहुनडाँगीमा खुशीयाली छाएको छ । चुरे तथा भित्री मधेशलाई समेट्दै अघि बढ्ने एक हजार २०० किलोमिटर लामो यो राजमार्गको पूर्वीविन्दु मेचीनगर–१ बाहुनडाँगीको पाटापुर रहने छ । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार प्रस्तुत गरेको आव २०७५/७६ को बजेटमा मदन भण्डार...
तमोर नदिको पानी नखाई नमर्ने धोको

तमोर नदिको पानी नखाई नमर्ने धोको

धनकुटा, १७ जेठ । घरमुनीको तमोर नदिमा निरन्तर पानी बगिरहेको छ, नदि माथीका डाडाँकाडा उजाड लग्दा देखिन्छन । प्राकृतिक सम्पदाको प्रचुर सम्भावना हुदाहुँदै पनि ग्रामिण क्षेत्रमाहरुमा खानेपानीको हाहाकार बढ्दै गएको छ । त्यस्तै काकाकुल बनेको पाँचथरको कुम्मायक गाउँपालिका पनि एक हो । जताजतै खानेपानीको समस्या ब्याप्त छ । अधिकाम्स स्थानियहरुको तमोर नदिमा बगिरहेको पानी आसमा बसिरहेका छन । त्यसमा पनि बृद्धा बृ...
तेह्रथुमलाई प्रदेश नं १ कै कम बजेट

तेह्रथुमलाई प्रदेश नं १ कै कम बजेट

तेह्रथुम, १७ जेठ । तेह्रथुमका लागि आगामी आर्थिक बर्ष २०७५/७६ मा रु एक अर्ब २५ करोड ५८ लाख विनियोजन भएको छ । सरकारले मंगलबार सार्वजनिक गरेको बजेटमा उल्लेख भएअनुसार आठराई गाउँपालिकामा सबैभन्दा बढी रु २७ करोड ४७ लाख र मेन्छ्यायेम गाउँपालिकाका लागि सबैभन्दा कम रु १२ करोड ८१ लाख बजेट विनियोजन गरेको छ । आठराई जिल्लाकै ठूलो स्थानीय तह हो भने मेन्छ्यायेम सबैभन्दा सानो स्थानीय तह हो । यस्तै, सरकारले म्...
विपद् जोखिम न्यूनीकरण गर्न रेडक्रसको कोशी बेसिन परियोजना

विपद् जोखिम न्यूनीकरण गर्न रेडक्रसको कोशी बेसिन परियोजना

काठमाडौँ, १७ जेठ । प्राकृतिक विपद् पूर्वतयारी र समुदायमा उत्थानशीलता अभिवृद्धि गर्न मानवीय सेवाको उच्च निकाय नेपाल रेडक्रस सोसाइटीले रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ र कोरियन रेडक्रसको आर्थिक एवं प्राविधिक साझेदारीमा तराईका तीन जिल्लामा समुुदायमा आधारित विपद् जोखिम न्यूनीकरण कोशी बेसिन परियोजना शुरु गरेको छ । सुनसरी, सप्तरी र उदयपुरका विभिन्न चार गाउँपालिका तथा नगरपालिकामा रु छ करोड सहयोग गर्ने...
कक्षा कोठामा मुर्छा पर्न थालेपछि विद्यालय आउन छाडे विद्यार्थी

कक्षा कोठामा मुर्छा पर्न थालेपछि विद्यालय आउन छाडे विद्यार्थी

संखुवासभा, १७ जेठ । संखुवासभा पाँचखपन नगरपालिका–८ चुङखुरुङमा रहेको सिंहेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी बिरामी हुन थालेपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ। दैनिक १५ देखि २० जना विद्यार्थी मुर्छा पर्ने, बेहोस हुने, आत्तिने, कराउने गरेको र कतिपय विद्यार्थी आउन छाडेको प्रधानाध्यपक थिरबहादुर राईले बताए । चार महिनादेखि यस्तो समस्या आएपछि नजिकैको स्वास्थ्य चौकीबाट चिकित्सक ल्याएर चेकजाँच गरा...
धनकुटामा सडक निर्माणमा लापरबाही गर्नेलाई कारबाही माग

धनकुटामा सडक निर्माणमा लापरबाही गर्नेलाई कारबाही माग

धनकुटा, १७ जेठ । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लिम्वुवान स्वायत्त प्रदेश जिल्ला जनपरिषद् धनकुटाले सडक निर्माणमा लापरबाही गर्ने निर्माण कम्पनीलाई कारबाहीको माग गरेको छ । मध्यपहाडी लोकमार्गको हिले-लेगुवा खण्डमा सडक निर्माणका क्रममा लापरबाही गरेको भन्दै कञ्चनजंङ्गा कन्ट्रक्सन प्रा.लि.लाई कारवाहीको माग गरिएको हो । कन्ट्रक्सनले निमार्ण गरिरहेको माथिल्लो प्याकेज पाख्रीबा...
धर्मगुरु आचार्य श्रीनिवास पूर्पक्षका लागि जेल चलान

धर्मगुरु आचार्य श्रीनिवास पूर्पक्षका लागि जेल चलान

विराटनगर, १६ जेठ । आफैंमाथि गोली हान्न लगाएको अभियोग लागेका धर्मगुरु आचार्य श्रीनिवास पूर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङमा बुधबार प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासमा भएको बहसपछि उनलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो । श्रीनिवासलाई हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ क बमोजिम पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको जिल्ला प्रशासन कार्यालय मो...
स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत नोबेल अस्पताल सञ्चालक डा.शर्मालाई सम्मान गरिने

स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत नोबेल अस्पताल सञ्चालक डा.शर्मालाई सम्मान गरिने

बिराटनगर, १६ जेठ । स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत बिराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका सञ्चालक डा.सुनिल शर्मालाई सम्मान गरिने भएको छ । सुलभ मिडिया प्रा.लि.द्वारा सञ्चालित मकालुखबर अनलाईनको प्रथम बार्षिकोत्सवको अवसर पारेर आगामी शुक्रवार राजधानीमा डा.शर्मालाई सम्मान गर्न लागिएको हो । स्वास्थ्य सेवाबाट बञ्चित नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा तथा निःशुल्क स्वास्थ्य शिक्षा उपलब्ध ...
तीन अर्ब ८१ करोड ५७ लाख राजश्व संकलन

तीन अर्ब ८१ करोड ५७ लाख राजश्व संकलन

विराटनगर, १६ जेठ । आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा कूल रु तीन अर्ब ८१ करोड ५७ लाख २५ हजार राजश्व संकलन गरेको छ । कार्यालयले यस महिनासम्ममा कूल रु चार अर्ब २१ करोड एक लाख १२ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्य लिएको भन्दा रु ३९ करोड ४३ लाख ६० हजार कम राजश्व संकलन भएको छ । कार्यालयका प्रमुख कर अधिकृत दिलीपकुमार गौतमका अनुसार गतवर्ष सो अवधिमा...
सुकिलुम्बा विमानस्थल परीक्षण उडानका लागि तयार

सुकिलुम्बा विमानस्थल परीक्षण उडानका लागि तयार

इलाम, १६ जेठ ।  सुकिलुम्बा विमानस्थल परीक्षण उडानका लागि तयार भएको छ । यसअघि विमानको उडान परीक्षण पटक पटक प्रभावित हुँदै आएको थियो । गत जेठ ३ गते नै परीक्षण उडानका लागि मैदान तयार गरिए पनि वर्षाका कारण उडान हुन नसकेको विमानस्थलमा कार्यरत इन्जिनियर सन्दीप मिश्रले जानकारी दिए । “धावन मार्ग परीक्षण उडानका लागि तयार भइसकेको छ,” उनले भने । नागरिक उड्डयन प्राधिकरणले आगामी सोमबार विमान उडान परीक्षण ...
धनकुटामा १ अर्ब ६४ करोड बजेट, यस्तो छ सातवटै स्थानीय तहको बजेट विवरण

धनकुटामा १ अर्ब ६४ करोड बजेट, यस्तो छ सातवटै स्थानीय तहको बजेट विवरण

काठमाण्डौं, १६ जेठ । आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि धनकुटामा १ अर्ब ६४ करोड ६३ लाख बजेट बिनियोजन भएको छ । संघीय संसद्को बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले सार्वजनिक गरेको बजेटमा स्थानीय तहको लागि बजेट छुट्याइएको हो । जसमध्ये सवैभन्दा बढी धनकुटा नगरपालिकामा ३४ करोड १२ लाख बजेट छुट्याईएको छ । त्यस्तै सवैभन्दा कम छथर जोरपाटी गाउँपालिकामा १७ करोड ९० लाख बजेट बिनियोजन भएको छ । यता महालक्ष्मी...
प्रदेश नं १ का ५ ठूला आयोजना बजेटमा समावेश

प्रदेश नं १ का ५ ठूला आयोजना बजेटमा समावेश

मोरङ, १६ जेठ । आर्थिक वर्ष २०७५-०७६ का लागि सरकारले ल्याएको बजेटमा १ नम्बर प्रदेशको जोगबनी–किमाथांका सडक, विराटनगर विमानस्थल, तमोर तथा कन्काई जलविद्युत् आयोजना तथा मदन भण्डारी राजमार्गलाई समावेश गरिएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार प्रस्तुत गर्नुभएको बजेटमा जोगबनीदेखि किमाथांकासम्मको सडक निर्माणलाई पनि बजेटले समेटेको हो । यो सडकले चीन र भारतलाई जोड्नेछ । हाल यो निर्माणाधीन छ । तर, ...
सोलु हाइड्रोपावरको ताला ११ दिनपछि खुल्यो

सोलु हाइड्रोपावरको ताला ११ दिनपछि खुल्यो

सोलुखुम्बु, १६ जेठ । माथिल्लो सोलु हाइड्रोपावरको फिल्ड कार्यालयमा लागेको ताला ११ दिनपछि मंगलबार खुलेको छ । आयोजनाले पार्टीको नाममा शेयर जारी गरेको भन्दै स्थानीय प्रभावितले गत जेठ ६ गते फिल्ड कार्यालयमा ताला लगाएका थिए । आयोजना र स्थानीय प्रभावितबीच विभिन्न विषयमा सहमति भएसँगै ताला खोलिएको सोलुदूधकुण्ड नगरपालिका–२ का वडाध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिनुभयो । जिल्लाका तीन ठूला पार्टीको नाममा ...
भाइको शव लिएर घर जाँदा दाजुको मृत्यु

भाइको शव लिएर घर जाँदा दाजुको मृत्यु

पाँचथर, १६ जेठ ।  पिकअपबाट खसेर पाँचथरको हिलिहाङ–७ भारपाको टारीमा एकजनाको ज्यान गएको छ । मलेसियामा ज्यान गुमाएका भाइको शव लिएर घर जाँदै गर्दा बा १७ च ८४५१ नम्बरको पिकअपबाट खसेर घाइते भएका ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२, खेजेनीमका ४३ वर्षीय भक्तबहादुर सबेन्हाङको मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ । मंगलबार मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–७, टारीमा पुग्दा पिकअपबाट खसेर घाइते भएका उन...
धनकुटामा करदाता शिक्षा कार्यक्रम

धनकुटामा करदाता शिक्षा कार्यक्रम

धनकुटा, १५ जेठ । धनकुटामा मंगलबार करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । धनकुटा उद्योग वाणिज्य संघ र करदाता सेवा कार्यालय धनकुटाको आयोजना तथा धनकुटा नगरपालिकाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा रहरले कर तिर्ने व्यवस्था कसरी बनाउने, आय कर, मुल्यअभिवृद्धि कर, अन्तशुल्क लगायत स्थानीय तहमै स्रोत संकलन गर्ने आधार लगायतका विषयमा छलफल भएको धनकुटा नगरपालिकाका कर अधिकृत राजु गुरागाँईले ...
सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन मुख्य चुनौती

सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन मुख्य चुनौती

सोलुखुम्बु, १५ जेठ। सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन मुख्य चुनौती बनेको छ । सगरमाथा आरोहण समूहले नियमको पालना नगर्दा सगरमाथा आधार शिविरमाथि शिविर २ र ३ मा फोहोरको मात्रा अत्याधिक बढेको छ । यस वर्षको वसन्त ऋतुमा आरोहण गर्न गएकाले समेत नियमको पालना नगरेको पाइएको छ । वर्षेनी सयौंँको संख्यामा सगरमाथा आरोहणका लागि स्वदेशी र विदेशी सगरमाथा आधार शिविर पुग्छन् । यस वर्ष मात्रै चार सय बढीले सगरमाथा आर...
सालकको खपटासहित दुईजना पक्राउ

सालकको खपटासहित दुईजना पक्राउ

इलाम, १५ जेठ । सालकको खबटासहित दुईजनालाई प्रहरीले देउमाई नगरपालिकाको मंगलबारे बजारबाट पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा देउमाई नगरपालिका–४ का २८ वर्षीय सन्तोष मगर र संखुवासभा चेपुवा स्थायी घर भई हाल धरान–१५ तुलसीपथ अस्थायी बसोबास गर्दै आएका ५० वर्षीय किफुर्वु भोटे रहेका छन् । मंगलबारेबाट इलामतर्फ आइरहेको मे ९ प २९०९ नंको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल सवारको झोल...
error: Content is protected !!