संगालोखबर संवाददाता

धनकुटा, २४ जेठ । धनकुटामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्ता जेल चलान भएका छन् । जिल्ला अदालतले तोकेको जनही ३० हजार धरौटी तिर्न नसक्दा उनीहरु जेल चलान भएका हुन् ।

Advertisement

जिल्ला अदालतले नेकपा जिल्ला सदस्य विज्ञान भनिने मोहनप्रसाद ओझा र ध्यानबहादुर तामाङलाई धरौटी मागेको थियाे ।

उनीहरूलाई जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा प्रहरीको गाडीमा ढुंगा हानेको आरोपमा गत जेठ ३ गते ओझालाई र वैशाख ३० गते तामाङलाई प्रहरीले पक्राउ गरेको थियो ।

गत वैशाख ३० गते बन्दका क्रममा रुद्रबारीमा प्रहरीको गाडीमा ढुंगा प्रहार भएको थियो । धरौटी जम्मा गर्न नसके उनीहरू करिब चार वर्ष कारागारमा रहने जिल्ला कारागार प्रमुख छविलाल भण्डारीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement