राजविराज, २४ जेठ। यसैबीच, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, राजविराजले विद्युत् पोलमा अंकुश लगाई विद्युत चोरी गर्ने बीसजनालाई बुधबार साँझ पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टालीले जिल्लाको विभिन्न भागबाट २० जनालाई विद्युत् चोरी गरेको आरोपमा पक्राउ गरिएको प्राधिकरण केन्द्रका प्रमुख चन्द्रनारायण साहले बताउनुभयो ।

Advertisement

उहाँका अनुसार पक्राउ परेकाको साथबाट पानी तान्ने तीन थान मोटर, दुई थान एलइडी टिभी र दुई थान ल्यापटपलगायतका सामान बरामद गरिएको छ ।

यता पक्राउ परेकाबाट विद्युत् ऐनअनुसार रु १५ हजार ५०२ को दरले राजस्व तिराइएको प्राधिकरण प्रमुख साहले भन्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!