भोजपुर, २२ जेठ । आजदेखि भोजपुर—काठमाडौँ हवाई उडान पुन सुचारु हुने भएको छ ।

Advertisement

नेपाल वायुसेवा निगमले नयाँ भाडादर लागू गरेसँगै पुनः उडान सुचारु हुने भएको हो । हवाई सेवाको भाडादर भने रु एक हजार ३५० ले वृद्धि भएको छ ।

राष्ट्रिय ध्वाजाबाहक निगमले इन्धनको मूल्यवृद्धि गरेकोे भन्दै भोजपुरदेखि काठमाडौँको पनि भाडा बढाएको वायुसेवा निगम भोजपुरका प्रमुख नारायण पुरीले जानकारी दिनुभयो । बढेको भाडासहित काठमाडौँ—भोजपुरको भाडा पाँच हजार १३० पुगेको छ ।

गत जेठ ८ गतेदेखि ट्वीनअटर जहाज मर्मत गर्नुपर्ने भएकाले निगमले हवाई सेवा अवरुद्ध गरेको थियो । निगमले भोजपुरदेखि काठमाडौँ मंगलबार, बिहीबार, शुक्रबार र शनिबार हप्तामा चार दिन उडान भर्ने गरेको छ । हवाई सेवा सुचारु भएपछि यहाँका सर्वसाधारण खुसी भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!