विराटनगर, २३ जेठ । इलाका प्रहरी कार्यालय, रानीका प्रहरी सहायक निरीक्षक लोकप्रसाद दुलालले बेवारिसे अवस्थामा भेटिएको रकम सम्बन्धित व्यक्तिलाई मंगलबार फिर्ता गर्नुभएको छ ।

Advertisement

विराटनगर–१५ स्थित भन्सार ढाटमा ड्युटीमा खटिनुभएको बेलामा सो रकम भेटिएको थियो । विराटनगर–१० बस्ने डा क्षितिज गिरीलाई सो रकम मंगलबार फिर्ता गरिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रानीले समाजिक सञ्जालमार्फत रकम भेटिएको विषयमा जानकारी गराएर सम्बन्धित धनीलाई प्रमाणसहित सम्पर्क राख्न अनुरोध गरेपछि डा गिरीले प्रमाणसहित आउनुभएकाले रकम फिर्ता गरिएको प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी गराउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!