काठमाडौँ, २२ जेठ । खोलानाला विदेशीलाई सुम्पने पुरानै शैली पछ्याउँदै केपी शर्मा ओली नेतृत्वको सरकारले तमोर चिनियाँलाई दिने तरखर गरेको छ ।

Advertisement

हालसम्म पहिचान भएकामध्ये सबैभन्दा सस्तो र आकर्षक जलाशययुक्त तमोर जलविद्युत्त आयोजना (७ सय ६२ मेगावाट) सरकारले विद्युत्त प्राधिकरणको हातबाट झिकेर एक चिनियाँ कम्पनीलाई दिने तयारी थालेको  छ । यो आयोजना अति सस्सतो भएकाले आयोजनास्थल प्रदेश नं. १ का स्थानीय दलका नेता, सांसद् तथा स्थानीयले छिटो काम थाल्न दबाव दिँदै आएका छन् ।

प्रधानमन्त्री अध्यक्ष रहेको लगानी बोर्डको अगुवाइमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विद्युत्त प्राधिकरणलाई पत्र लेखी तमोर जलाशययुक्त आयोजना विकासका लागि लगानीबोर्डबाट माग गरिएबमोजिमको धारणा यस कार्यालयलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।

लगानी बोर्डले गत वैशाख २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत प्राधिकरणलाई तमोर जलाशययुक्त आयोजना चिनियाँ कम्पनीलाई हस्तान्तरण गर्ने सम्बन्धमा प्राधिकरणको धारणा मागेको थियो ।

चीनको साङडोङ वाटर डेभलपमेन्ट ग्रुपको सहायक कम्पनी सिचुवान एएनएचई हाइड्रोलिक एण्ड हाइड्रोइलेक्ट्रिक इन्जिनियरिङ कम्पनी लिमिटेडले गत वैशाख ६ गते नेपाल सरकार लगानी बोर्डलाई उक्त आयोजना आफूले विकास गर्न चाहेको आशयसहित पत्राचार गरेको थियो । योसँगै सरकारले पनि उक्त आयोजना सुम्पने तयारी गरेको छ । अन्नपूर्ण दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!