एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत बुधबार बिहान भएको खेलमा रियल मड्रिड ४-१ ले पराजित भएको छ । राउण्ड १६ को दोस्रो लेगमा रियल मड्रिड घरेलु मैदानमा ३ गोलान्तरले पराजित भएको हो ।

Advertisement

एज्याक्सले यो १६ वर्षको अवधिमा पहिलो सफलता हात पारेको हो । भने मड्रिडको मैदानमा ४-१ को ऐतिहासिक जित निकालेको हो । १६ वर्षमा पहिलो पटक एज्याक्सले पहिलो लेगमा २-१ले लिड गरिराखेको रियलललाई पहिलो क्वार्टर फाइनल पुग्न कम्तिमा २ गोल चाहिने बनाएको हो ।

एज्याक्सको जितमाहकिम जियच, डेभिड नेर्से, डुसान ताडिक र लेस शोनले गोल गरे । खेलको ७ औँ मिनेटमा जियचको गोलबाट अग्रता बनाएको एज्याक्सले १८ औँ मिनेटमा डेभिडको गोलबाट दोब्बर अग्रता बनायो । पहिलो हाफमा गोल रहित रहेको रियलले दोस्रो हाफमा पनि एक गोल मात्रै गर्न सक्यो ।

दोस्रो हाफमा ६२ औँ मिनेटमा फेरि एज्याक्सले गोल थप्यो डुसानको गोलबाट तेस्रो अग्रतालाई कायम बनाएको एज्याक्सका लागि रियलका मार्को असेन्सियोले ७० औँ मिनेटमा एक गोल र्फकाए तर एज्याक्सका लेस शोनले फेरि ७२ औँ मिनेटमा चौँथो गोल गरेपछि रियल ३(१ले पराजित भएको हो । रियलका नाको फर्नान्डेजले रेड कार्ड पाएका थिए ।

यो रियलको घरेलु मैदानमा लगातार चौथो हार हो । यसअघि रियलले लगातार ५ सिजनका ४ लिग जितेको थियो । एज्याक्स यसअघि २००३ मा क्वार्टरफाइनल पुगेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!