स्याङ्जा, २५ फागुन । वालिङमा अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता शुरु भएको छ ।

Advertisement

वन्डरफूल वालिङ पर्यटन विकास संस्थाको आयोजना र वालिङ नगरपालिकाको सहयोगमा प्रतियोगिताको आयोजना गरिएको हो । जिल्लालाई नै साहसिक पर्यटकीय गन्तव्यका रुपमा विश्वभरि परिचित गराउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष दिनकर नेपालले जानकारी गराउनुभयो । आज बिहान वालिङ–९ सुर्काउदीमा नगरप्रमुख दिलीपप्रताप खाँणले प्रतियोगिताको एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।

प्रतियोगितामा दुई पटकसम्म विश्व च्याम्पियन बनेका क्यानेडेली मोरी वालेससहित दुई विदेशी र २६ स्वदेशी गरी २८ खेलाडीको सहभागिता छ । संस्थाका सचिव मोहन गुरुङले क्यानाडा, भारतसहित नेपालका नेपाल आर्मी र सशस्त्रका विभागीय टिमका १८ खेलाडीले आजसम्म नाम दर्ता गराएको जानकारी दिनुभयो ।
प्रथम पुरस्कारको राशि रु पाँच लाख रहेको छ । प्रतिस्पर्धी खेलाडीका लागि सुर्काउदीको बगरबाट शुरु भई त्रियासी, सिङ्गारकोस, जगतभञ्ज्याङ, गह्रौसुर मन्दिर, बजाकोट, करादी, उदीयाचौर, घुरुङखाँ, डुम्रभञ्ज्याङ, स्वरेक डौवाफाँट हँुदै पुन सुर्काउदीमै आएर आज साँझ ५ बजे सकिने आयोजकले जनाएको छ ।

पुरुष विजेताले रु एक लाख ५० हजार र महिला विजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । खेलालीलाई विभिन्न ठाउँमा पर्ने पर्यटकीय स्थानमा स्वागत गर्ने व्यवस्थासमेत मिलाइएको छ ।

खेलाडीका लागि सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गर्नुका साथै कुनै दुर्घटना भएको अवस्थामा तत्काल उपचारका साथै रेस्क्यूको लागि चार एम्बुलेन्ससमेत प्रतियोगी खेलाडी सहभागि भएको रुटमा परिचालन गरिएको छ । नगरभित्रका १४ वडालाई समेटेर तयार पारिएको १०० किलोमिटरको दूरीमा प्रतियोगीले प्रतिस्पर्धा गर्दैछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!