झापा, २५ फागुन । विदेशी टोली क्यामरुनको दाउफिन्स फुटबल क्लबको एक मात्र आत्मघाती गोलको उपहारसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब जारी चौथो झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अब आर्मीले उपाधिका लागि आगामी सोमबार आयोजक झापा ११ सँग प्रतिष्पर्धा गर्ने भएको छ ।

Advertisement

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा शनिबार सम्पन्न प्रतिस्पर्धात्मक दोस्रो तथा अन्तिम सेमीफाइनल खेलमा दाउफिन्सलाई १—० गोल अन्तरले पराजित गर्दै साविक विजेता समेत रहेको आर्मी उपाधि नजिक पुगेको हो । खेलको दोस्रो हाफमा दाउफिन्सले आर्मीलाई दबाबमा राखेपनि गोल गर्न नसक्दा दाउफिन्स उपाधि होडबाट पाखा लाग्यो ।

खेलको म्यान अफ दी म्याच आर्मीका बिमल पाण्डे घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । १० टिमको सहभागीता रहेको प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजारसहित ट्रफी प्राप्त गर्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!