काठमाडौँ, २३ फागुन । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप प्रतियोगिताका लागि २० सदस्यीय राष्ट्रिय महिला फुटबल टोली घोषणा गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार टोलीको मुख्य प्रशिक्षक हरि खड्काले बन्द प्रशिक्षणका २३ खेलाडीबाट आज सावित्रा भण्डारीको कप्तानीमा २० खेलाडीको छनोट गर्नुभएको हो ।

Advertisement

टोलीमा गोलकिपरमा एञ्जिला तेम्वाप्पो सुब्बा, अञ्जना रानामगर, उषानाथ, डिफेण्डरमा हीराकुमारी भुजेल, गीता राना, पुनम जर्गामगर, अमृता जैसी, कविता धिमाल, पूजा राना, मनमाया लिम्बू, मिड फिल्डरमा अनिता बस्नेत, दीपा राई, मञ्जली योञ्जन, शर्मिला थापा, सुरु लिम्बू, रेनुका नगरकोटी, अनिता केसी तथा स्ट्राइकरमा रेखा पौडेल, निरुथापा कप्तान र सावित्रा भण्डारी छन् ।

प्रतियोगिता फागुन २८ गतेदेखि विराटनगरको शहीद रङ्गशालामा शुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले भूटानसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा सार्क राष्ट्रका पाकिस्तानबाहेकका मुलुकले सहभागिता जनाउनेछन् । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भूटान र बङ्गलादेश तथा समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलङ्का छन् । नेपालले दोस्रो खेल चैत २ गते बङ्गलादेशसँग खेल्नेछ । प्रतियोगिताका सबै खेल विराटनगरस्थित शहीद रङ्गशालामा हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!