एजेन्सी । स्पेनिस फुटबल क्लब रियल मड्रिडले जिनेदिन जिदानलाई पुनः प्रशिक्षकमा नियुक्त गरेको छ ।

Advertisement

रियल मड्रिडले सान्टियागो सोलारीलाई बर्खास्त गर्दै पूर्व प्रशिक्षक जिदानलाई क्लबमा भित्र्याएको हो । पूर्व जिम्मेवारीमा फर्किएका जिदानले घर फर्किदा खुशी भएको प्रतिक्रिया दिएका छन ।

सोमबार बसेको रियल मड्रिडको बोर्ड अफ् डाइरेक्टर्सको बैठकले जिदानलाई सन् २०२२ जुनसम्मका लागि प्रशिक्षक नियुक्त गरेको हो । क्लबले सोलारीलाई मुख्य प्रशिक्षकबाट हटाए पनि क्लबमा रहन चाहेमा अवसर दिने बताएको छ ।

१० महिनाअघि जिदानले रियल मड्रिड छोडेका थिए । उनकोक स्थानमा जुलेन लोपेटेगीलाई नियुक्त गरेको रियलले उनीबाट राम्रो प्रदर्शन पाउन सकेन । लापेटेगीलाई पनि बर्खास्त गरेर रियलले सान्टियागो सोलारीलाई प्रशिक्षणको जिम्मा दिएको थियो ।

सोलारीको प्रशिक्षणमा पनि रियलको प्रदर्शन सुध्रिन नसकेपछि जिदानलाई पूर्व जिम्मेवारीमा बोलाएको हो । ला लिगामा रियल मड्रिड शीर्ष स्थानको बार्सिलोनाभन्दा १२ अंकले पछाडि छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!