संगालोखबर संवाददाता

काठमाडाैं । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाको घरेलु मैदान ‘क्याम्प नोउ’मा भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई ३–१ ले पराजित गरेको हो ।

Advertisement

बार्सिलाेलाई जिन दिलाउनका लागि जेरार्ड पिके, कप्तान लिओनल मेस्सी र स्वारेजले गोल गरे ।

खेलको २४ औँ मिनेटमा रायोका गोमेजले गोल गर्दै सुरुवाती अग्रता लिएको थियो । तर, ३८ औँ मिनेटमा पिकेले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । उनले मेस्सीको पासमा हेडिङ गोल गरेका थिए ।

पहिलो हाफ बराबरी भए पनि दोस्रो हाफमा भएको दुई गोलले बार्सिलोनालाई सहज जित दिलायो ।

दोस्रो हाफको ५१ औँ मिनेटमा पाएको पेनाल्टीलाई मेसीले गोलमा परिणत गर्दै २–१ को अग्रता बनायो । बार्सिलोनाका नेल्सन सेमेडोलाई भालेकानोका खेलाडीले बक्समा लडाएपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो ।

२-१ को अग्रता बनाएको बार्सिलाेनाका लागि ८२ औँ मिनेटमा स्वारेजले गोल गरे । उनले इभान राकिटिकको लामो पासमा गोल गरेका थिए । उक्त गोल नै निर्णायक बन्न पुग्यो ।

जितसँगै बार्सिलोना ६३ अंकसहित खेल तालिकाको शीर्ष स्थानमा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement