संगालोखबर सम्वाददाता

विराटनगर, १७ फागुन । हरेक बर्ष हुदै आएको ‘नोबेल स्पोर्टस फियस्टा’ शुक्रबारबाट सुरु भएको छ । नोबेल मेडिकल कलेजमा चिकित्सा शिक्षा अध्ययन गर्दै आएका बिद्यार्थीहरुले ८ दिने खेलकुद उत्सव सञ्चालन गरेका हुन् ।

Advertisement

कार्यक्रम उद्घाटन गर्दै नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्रबन्ध निर्देशक इन्दिरा शर्माले बिद्यार्थीहरुका लागि पढाईसँगै खेलकुदको पनि उत्तिकै महत्व रहेको बताईन् । त्यस्तै नोबेल मेडिकल कलेजका शैक्षिक बिभाग निर्देशक एजी सिंहले पढाईसँगै खेलकुद क्रियाकलाप पनि सञ्चालन गर्दा बिद्यार्थीहरुलाई शारिरीक र मानसिक हिसावले पनि फलदायी हुने बताए ।

एमवीवीएस, वीडीएस र वीएस्सी नर्सिङ २०१६ ब्याचका बिद्यार्थीहरुले आयोजना गरेको फियस्टामा करिव एक दर्जन प्रतियोगिता सञ्चालन हुदैछन् ।

फियस्टामा फुटवल, क्रिकेट, भलिवल, फुटसल, ब्याडमिन्टन, म्याराथन, चित्रकला, कविता, निवन्ध लगायत प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

नोबेलमा हरेक बर्ष बिद्यार्थीहरुले यसरीनै खेलकुद उत्सव मनाउँदै आएका छन् । नोबेलमा एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन, डिफार्म लगायत संकायमा करिव २ हजार बिद्यार्थी अध्ययनरत छन् ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!