विराटनगरको अरनिको कलेजका विद्यार्थीले बनाए उत्कृष्ट प्रोजेक्ट
विराटनगर । विराटनगरस्थित अरनिको कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि आयोजित दुई महिने ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्बन्धी तालिम सम्पन्न भएको छ ।
सयपत्री ग्रुपको आयोजनामा भएको उक्त तालिममा कलेजका १०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता थियो । गत मंसिर २६ गतेदेखि सुरु भएको तालिमको अन्तिम दिन विद्यार्थीहरूले प्रयोगात्मक अभ्यास अन्तर्गत विभिन्न प्रोजेक्टहरू प्रदर्शन गरेका छन् ...






























