भोजपुरमा अस्पताल निर्माण अलपत्र पार्ने कम्पनीलाई कारबाही प्रक्रिया सुरु
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगर्ने निर्माण कम्पनीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा सुरु गरिएको १५ शय्याको कोट अस्पताल निर्माण कार्यलाई अलपत्र पार्ने भूमि हिमालयन जेभी, विराटनगरलाई गाउँपालिकाले कारबाहीको दायरामा ल्याएको हो ।
गाउँपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै उक्त निर्माण कम्पनीलाई स्पष्टीकरणसह...





























