सुनसरीमा अटोबाट ७५ किलो गाँजा बरामद, चालक पक्राउ
विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-४ सुनसरी खोला पुलबाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-१० का ४५ वर्षीय सुरतलाल चौधरी छन् ।
बिहीबार राति ११ः२० बजेको समयमा धरानबाट पकलीतर्फ जाँदै गरेको को १ ह ९५१० नम्बरको अटोमा ७५ किलो गाँजा फेला परेको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार अटोमा तीन वटा कालो प्लाष्टिकको झोलामा प्याक गरेर गाँजा ...




























