झापामा जंगली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु
विराटनगर । झापाको मेचीनगर-४ स्थित बाहुनडाँगीको खड्का डाँडा नजिकै जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज बिहान हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
मृतक पुरुष करिब ५५ वर्षका देखिएपनि उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनास्थल भारतीय सिमाना नजिकै पर्छ । मृतक पुरुषपनि भारतीय हुनसक्ने प्रहरीको अनुमान छ ।
घटनास्थलबाट कानुनी प्रकृया पूरा गरेर शव पोष्टमार्टम...

























