रोजगारीका लागि साउनमा ७० हजार नेपाली विदेशिए
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन महिनामा मात्रै कुल ७० हजार ४ सय ४१ जनाले श्रम स्वीकृति (नयाँ र पुनः श्रम स्वीकृतिसहित) लिएका हुन् ।
विभागका अनुसार ६० हजार ४ सय ७२ जना पुरुष र ९ हजार ९ सय ६९ जना महिलाले वैदेशिक रोजगारीका लागि अनुमति लिएका छन् । एक महिनाको अवधिमा ४२ हजा...






























