विराट गोल्डकप फाइनलमा चर्च ब्वाइज र थ्री स्टारको पहिलो भेट, कसले जित्ला उपाधि ?
विराटनगर । नवौँ विराट गोल्डकपको उपाधिका लागि आज सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र थ्री स्टार क्लब आमनेसामने हुँदैछन् । विराटनगरको सहिद रङ्गशालामा साँझ ६ः३० बजेबाट सुरु हुने फाइनलमा दुबै टोली उपाधि जित्ने दाउमा छन् ।
यो सिजन मोफसलमा भएका प्रतियोगितामा दुई टोलीबीच आजमात्रै भेट हुन लागेको हो । सिजनमा थ्री स्टार पहिलो पटक फाइनलमा पुगेको हो भने चर्च ब्वाइज आठ पटक फाइनलमा प...