कोशीका १४ वटै जिल्लामा पशुविज्ञ केन्द्र स्थापना गरिने

कोशीका १४ वटै जिल्लामा पशुविज्ञ केन्द्र स्थापना गरिने

विराटनगर । कोशी प्रदेश सरकारले इलाम, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र सोलुखुम्बुमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषदको आज शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको कृषि मन्त्री रामकुमार खत्रीले जानकारी दिए । ‘नयाँ प्रविधि किसानसम्म पुगोस् भनेर कोशी प्रदेशका १४ जिल्लामै कार्यालय स्थापना गरिने भएको मन्त्री खत्रीले बताए । यसअघि कोश...
उदयपुरमा चट्याङ लागेर बालकको मृत्यु

उदयपुरमा चट्याङ लागेर बालकको मृत्यु

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१२ स्थित चिलाउनेमा चट्याङ लागेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय निमा तामाङका १२ वर्षीय छोरा खड्गबहादुर छन्‌ । तामाङ दिउँसो गोठमा बसिरहेको अवस्थामा वर्षासँगै चट्याङ परेको थियो । चट्याङ लाग्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
उदयपुरमा करेन्ट लाग्दा श्रीमतीको मृत्यु, श्रीमान घाइते

उदयपुरमा करेन्ट लाग्दा श्रीमतीको मृत्यु, श्रीमान घाइते

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१५ स्थित ज्यामिटारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २८ बर्षीया पार्वती बिश्वकर्मा छिन् । आफ्नै बारीमा कोदो टिप्ने क्रममा विजुलीको पोलमा छुदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । करेन्ट लागेको अवस्थामा श्रीमतीलाई बचाउन खोज्दा उनका श्रीमान रुपेश घाइते भएका ...
उदयपुरमा बोलेरो दुर्घटनाः एक जनाको मृत्यु, ५ घाइते

उदयपुरमा बोलेरो दुर्घटनाः एक जनाको मृत्यु, ५ घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१० पालसिंहस्थित भित्री सडकखण्डमा बोलेरो दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । बिहान रुपाटारबाट कटारीतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ च ००५० नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा ताप्ली गाउँपालिका–१ का ६५ वर्षीय मिनबहादुर सार्की, ताप्ली–२ का ३० वर्षीय फडिन्द्र श्रेष्ठ, ७ वर्षीय भवानी श्रेष्ठ, २ वर्षीया भूमिक...
उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१५ स्थित दहरमा आज ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा–१३ असारीमा २२ बर्षीय बिकाश राई छन् । विहान साढे ९ बजे गिट्टी बोकेर दहरबाट सिद्रेतर्फ जाँदै गरेको प्र २–०१–००१ त १०३३ नंम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक राई घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएको थियो । अस्पताल ...
उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैराहा झोडास्थित मदन भण्डारी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । शनिवार दिउँसो करिव सवा १ बजे इटहरीबाट गाईघाटतर्फ आउँदै गरेको प्र १–०५००१ प ७४८५ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा मोटसाइकल चालक कटारी नगरपालिका–४ कान्छी बजारका २४ वर्षीय अभिषेक खड्का र मोटरसाइकलमा सवार उनकी श्रीमती २० वर्षीया संजिता ...
उदयपुरमा भीरबाट लडेर एक जनाको मृत्यु

उदयपुरमा भीरबाट लडेर एक जनाको मृत्यु

उदयपुर । उदयपुरमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी नगरपालिका–१० सोताका ६० वर्षीय फौद बहादुर श्रेष्ठ छन् । मंगलवार राती करिव ९ बजे घर नजिकै रहेको गोदाममा किराना पसलको सामान राखेर घर फर्कने क्रममा उनी भीरबाट लडेका थिए । भीरबाट करिव २०० मिटर तल लड्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । शव पोष्टमार्टमका लागिा कटारी अस्पताल लगिएको छ ।
उदयपुरमा गाँजा बेच्दै गर्दा महिला पक्राउ

उदयपुरमा गाँजा बेच्दै गर्दा महिला पक्राउ

उदयपुर । उदयपुरमा गाँजा बिक्री गरिरहेको अवस्थामा एक महिला पक्राउ परेकी छन् । चौदण्डीगढी नगरपालिका–३ स्कुलबारीकी ५९ वर्षीया लामु शेर्पालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शेर्पाले गाँजा बिक्री गर्दै गरेको सूचना पाएपछि बसाह प्रहरी चौकीबाट गएको प्रहरी टोलीले आइतवार राती करिब ८ बजे घरबाटै उनलाई पक्राउ गरेको हो । उनको साथबाट १ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी बेल्टार इला...
विद्युत अभावले उदयपुर सिमेन्ट उद्योग २२ दिनदेखि बन्द

विद्युत अभावले उदयपुर सिमेन्ट उद्योग २२ दिनदेखि बन्द

उदयपुर । वर्षातसँगै परेको चट्याङले नेपाल विद्युत प्राधिकरण लहान सबस्टेशनमा क्षति पुर्‍याउँदा गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले २२ दिनदेखि बन्द छ । गत ९ असारमा परेको चट्याङले नेपाल प्राधिकरण लहान सबस्टेशन पूर्ण रुपमा क्षति पुर्‍याएयता कारखाना खुलेकाे छैन । उद्याेग बन्द हुँदा दैनिक ७२ लाख ३० हजार रुपैयाँ घाटा भइरहेकाे उद्याेगका महाप्रबन्धक गोपीकृष्ण न्यौपाने...
उदयपुर र सोलुखुम्बुमा चट्याङ लाग्दा दुई जनाको मृत्यु

उदयपुर र सोलुखुम्बुमा चट्याङ लाग्दा दुई जनाको मृत्यु

विराटनगर । उदयपुर र सोलुखुम्बुका दुई छुट्टा–छुट्टै स्थानमा चट्याङ लाग्दा दुई जनाको मृत्यु भएको छ । मंगलवार बेलुका साढे ६ बजे उदयपुरको चौदण्डीगढी–५ का २५ बर्षीय रोशन चौधरी खेतमा काम गरेर घर फर्कदै गरेको अवस्थामा वर्षासँगै परेको चट्याङ लागेर घाइते भएका थिए । उनलाई उपचारका लागि ईलाका प्रहरी कार्यालय सुन्दरपुरको टोलीले स्थानीय फत्तेपुर अस्पताल पुर्याएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भ...
उदयपुरमा निरन्तर वर्षा हुन थालेपछि समय अघिनै रोपाइँ सुरु

उदयपुरमा निरन्तर वर्षा हुन थालेपछि समय अघिनै रोपाइँ सुरु

उदयपुर । निरन्तर पानी पर्न थालेपछि उदयपुरमा समयअघि धान रोपाइँ सुरु भएको छ । त्रियुगा नगरपालिका क्षेत्रको जोगिदह, पोर्ताह, लक्ष्मीपुर, भुल्के, कौवाइजस्ता स्थानमा दैनिक वर्षा भएकाले समय अघिनै धान रोपाइँ सुरु गरिएको हो । निरन्तर वर्षा सुरु भएसँगै चौदण्डीगढी नगरपालिकाको सुन्दरपुर, देबधारसहित बेलका नगरपालिकाको तपेश्वरी क्षेत्रमासमेत समय अगाडि नै रोपाइँ सुरु भएको सम्बन्धित क्षेत्रका किसान बताउँछन् । ...
उदयपुरको त्रियुगा १० को वडाध्यक्षमा बराबरी मत आएपछि गोला प्रथा, एमालेका पाण्डे निर्वाचित

उदयपुरको त्रियुगा १० को वडाध्यक्षमा बराबरी मत आएपछि गोला प्रथा, एमालेका पाण्डे निर्वाचित

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको वडा नंम्बर १० मा वडा अध्यक्षको मत गणना रोचक बनेको छ । वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार प्रकाशकुमार खड्का र एमाले उमेदवार किरण पाण्डेको मत बराबरी भएपछि नतिजा रोचक बनेको हो । बराबरी मत आएपछि गोला प्रथामार्फत् एमालेका पाण्डेले बाजी मारेका छन् । नेपाली कांग्रेसका खड्का र एमालेका पाण्डेले समान १०५३ मत ल्याएका थिए । मत बराबरी आएपछि जीतको टुङ्गो लगाउन ...
error: Content is protected !!