संंगालोखबर सम्वाददाता

विराटनगर । झापामा बुधबार बिहान भएको सवारी दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान खुलेको छ । बोलेरो गाडी र मोटरसाइकल आपसमा जुध्दा तीन जनाको मृत्यु भएको थियो ।

Advertisement

मृत्यु हुनेमा मोटरसाइकल चालक झापाकै कमल–४ का २५ वर्षीय मौसम राई, पछाडि बसेका २० वर्षीय युनिस भण्डारी र १७ वर्षीय सरोज रेग्मी रहेको प्रहरीले जनाएको छ ।

पश्चिमबाट झापातर्फ गइरहेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको प्र १–०१–००१ च ९३२९ नम्बरको गाडीसँग ठोक्किएर दुर्घटना भएको थियो ।

पूर्व–पश्चिम राजमार्गमा पर्ने शिवसताक्षी नगरपालिका–८ मा भएको दुर्घटनामा सिकिस्त घाइते भएका उनीहरुलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्याइएको थियो ।

अस्पताल पुर्याएपछि चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!